Tuesday 10th of November | २०८३ कार्तिक २४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वनमन्त्री चौधरी टर्किए प्रस्थान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २४ मंगलबार |

काठमाडौँ, २४ कात्तिकः कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी टर्कीएको अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना भइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

    सम्मेलनको दोस्रो सातामा मन्त्री चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ । साथै, उहाँले सम्मेलनको उच्चस्तरीय सत्रमा नेपालको तर्फबाट सम्बोधनसमेत गर्नुहुने कार्यक्रम रहेको छ ।

    सम्मेलनमा मन्त्री चौधरीले नेपालको तर्फबाट जलवायु परिवर्तनका कारण हिमाल, हिमनदी, कृषि, वन तथा जैविक विविधतामा परेको असरका विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नुहुनेछ । साथै जलवायु न्याय, जलवायु वित्त, हानि तथा नोक्सानीको क्षतिपूर्ति, जलवायुमैत्री कृषि, वन संरक्षण तथा हिमाली पारिस्थितिक प्रणालीको संरक्षणका विषयमा नेपालको धारणा राख्नुहुने उहाँको सचिवालयले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan