Wednesday 19th of December | २०७५ पौष ४ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

`गार्ड अफ अनर´ बाट सम्मानित हुँदै रामराजा श्रेष्ठ

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार १० शनिबार |
newsabhiyan
newsabhiyan

बिजय ज्ञवाली,  नेपाल खाद्य बैंक लिमिटेडका संस्थापक एवं संरक्षक रामराजा श्रेष्ठ दक्षिण अफ्रिकी मुलुक नाईजेरिया सरकारद्वारा प्रदान गरिने विशेष सम्मान गार्ड अफ अनर ( Guard of Honour) द्वारा सम्मानित हुनेभएका छन। नाईजेरियाका राजा ओवा अकादरी गोबादेकिजे (द्वितीय)Oba Akadiri Gbodekije (2nd) द्वारा प्रदान गरिने उक्त सम्मान थाप्न यहिं श्रावण २९ अर्थात १३ जुलाईको दिन ६ जनाको सदस्यमण्डलको नेतृत्व गर्दै उनी नाईजेरिया प्रस्थान गर्दैछन।  नेपालमा खाद्य सुरक्षाको क्षेत्रमा उल्लेखनिय योगदान गरेवापत श्रेष्ठलाई नाईजेरिया सरकारले उक्त सम्मान दिने भएको हो। १५ जुलाईका दिन उनले नाईजेरियाका राजाद्वारा उक्त सम्मान थाप्ने कार्यक्रम रहेको छ।

    नेपालका कृषकहरुद्वारा उत्पादित कृषिजन्य बस्तुहरुलाई सोझै उपभोक्ताहरुसम्म पुर्याउने उद्देश्यसहित बि. सं.२०७३ साल आश्विन १३ गतेका दिन स्थापित खाद्य बैंकले आम कृषकहरुसंगको समन्वयमा उनीहरुद्वारा उत्पादित अन्न, गेडागुडी, फलफूल तथा सागसव्जीलाई सोझै उपभोक्तासमक्ष पुर्याउने कार्य गर्दछ। कृषकद्वारा उत्पादित सामाग्रीको बिचौलियाहरुका कारण कालोबजारी भैरहेको वर्तमान परिप्रेक्षमा उक्त कालोबजारी रोक्न उत्पादित कृषिजन्य पदार्थमा बिचौलियाहरुलाई निरुत्साहित गरि आम कृषक र उपभोक्तामाझ सोझै सम्पर्क गराई कालोबजारी तथा कृषिजन्य उत्पादनमा देखिएको सिन्डिकेट तोड्नकै लागी खाद्य बैंकको परिकल्पना गरिएको हो। काशिटार १, जिलिङ्ग नुवाकोटमा प्रधान कार्यालय रहेको यस खाद्य बैंकले कृषक र उपभोक्तामाझ सिधै समन्यात्मक भूमिका खेल्दै आईरहेको छ।

कृषकद्वारा उत्पादित सामाग्रीलाई उनीहरुको लागत र मुनाफाको हिसाव गरि सोझै बजारसम्म पुर्याई आम उपभोक्तालाई सर्वसुलभ मूल्यमा कृषिउपज सामान बिक्री गर्नु यस वैंकको उद्देश्य रहेको छ। त्यस्तै बजारमा उपलव्ध बिभिन्न प्रकारका खाद्य सामाग्रीका साथै फलफुल तथा तरकारीहरुलाई सुपथ मूल्यमा खरिद गरि आम कृषकका माझ सस्तो एवं सर्वसुलभ दरमा उपलव्ध गराउनु पनि यस बैंकको मूख्य उद्देश्य रहेको छ। समग्रमा कृषक र उपभोक्तामाझ चलखेल गरेर बजारमा महंगी एवं कृत्रिम अभाव  फैलाईरहेका विचौलियाहरुलाई निरुत्साहित गरि खाद्य सुरक्षाको ग्यारेन्टी गर्ने मूल दायित्व रहेको बताउंछन यस बैंकका संस्थापक एवं संरक्षक श्रेष्ठ।

  नेपालमा दिनानुदिन खाद्य सुरक्षामा जोखिम बढ्दै गईरहेको र नेपाल तथा भारतका विचौलियाहरुको कारण महंगी, कृत्रिम अभाव तथा गुणस्तरहिन खाद्यको उपभोग गर्न आम उपभोक्ता र कृषक बाध्य भैराखेको बर्तमान परिप्रेक्ष्यमा नेपाल खाद्य बैंकले भने यि सवै समस्याहरुलाई मध्यनजर गर्दै आफ्नै सक्रियतामा यि समस्याहरुको समाधानमा कटिवद्ध रहिआएको छ। `विचौलियामुक्त खाद्य सुरक्षा´अभियानमा लागीपरेको यस खाद्य बैंकले सरकारसंग पनि सहयोगको लागी वारम्वार अनुरोध गरेतापनि सरकारी पक्षबाट कहिं कतैवाट सहयोग एवं सुनुवाई नभएको गुनासो गर्दछन श्रेष्ठ। `

यदि कृषकद्वारा उत्पादित बस्तुहरुलाई सोझै सरकार ले खरिद गरिदिए त्यसको लागी हामी समन्वयकर्ता हुन तयार थियौं, तर सरकारीपक्षको उदासिनता उदेकलाग्दो छ´ श्रेष्ठले दुखेसो पोखे। यदि सरकारले विचौलियाहरुलाई निरुत्साहित गरि नेपालमा उत्पादित कृषिजन्य वस्तुलाई सोझै उपभोक्तामाझ र बाहिरवाट आयातित सामानलाई नेपालका कृषकहरुसमक्ष सहज एवं सर्वसुलभ तरिकावाट वितरण गर्ने हो भने नेपालमा यतिविघ्न महंगी र कृत्रिम अभाव हुने नै थिएन, श्रेष्ठ भन्छन। उनको आरोप छ- "सरकारले राम्रो र समन्वयकारी भूमिका निर्वाह गर्नेलाई प्रोत्साहन दिई सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा उल्टै विचौलियहरुको दवावमा उनीहरुलाई नै प्रत्यक्ष/ अप्रत्यक्ष रुपमा सहयोग गर्दै आईरहेको छ।"

को हुन रामराजा श्रेष्ठ?

बि.सं. २०४० साल चैत्र २९ गते नुवाकोटमा एक सामान्य कृषक परिवारमा जन्मिएका रामराजा सानैदेखि नै भ्रष्टाचार, वेथिती, अराजकता एवं कु-शाषनका विरोधी थिए। शुरुमा भारतमा  आईटी सेक्टर, बैंकिङ्ग र आर्टिफिसियल ईन्टेलिजेन्स (IT sector,Banking and Artificial Intelligence) मा काम गरिसकेका छन। उनी नेपाल फर्किईसकेपछि अव नेपालमै केहि गर्नुपर्दछ भन्ने भावनाले प्रेरित भएका थिए। फलस्वरुप उनले आफ्ना निकटस्थ साथीहरुको सहयोगमा कृषिक्षेत्र ब्यापक सुधार एवं सुरक्षाको उद्देश्यसहित नेपाल खाद्य बैंकको स्थापना गरि हाल उक्त वैंकको माध्यम कृषकद्वारा उत्पादित वस्तुलाई उपभोक्तामाझ सरल एवं सहज पहुँचको लागी समन्वय गर्दै आईरहेका छन। त्यस्तै बजारमा उपलव्ध आयातित खाद्यान्नलाई पनि उक्त बैंकको माध्यम आम कृषकवर्गसंगको सहज उपलव्धताको लागी सेतुको काम गर्दै आईरहेका छन।

क्षमता अभिवृद्धिका लागी केहि संख्याका युवाहरुलाई रोजगार एवं तालिमहरु दिईरहेको यस संस्थाले भविष्यमा अझ बढी रोजगार सिर्जना गरि नेपाललाई कृषिजन्य वस्तुमा आत्मनिर्भर बनाउंदै हजारौंको संख्यामा रोजगारी सृजना गरि युवाहरुलाई विदेश पलायन हुनवाट रोक्ने उद्देश्य रहेको छ।

  कृषिक्षेत्रलाई आधुनिकीकरणसंगै आत्मनिर्भर अनि विचौलियामुक्त कृषिक्षेत्र बनाईछाड्ने अठोट लिएकै कारण उनले जिवनमा सोंच्दै नसोंचेको घटनाको पनि सामना गर्नुपर्यो। आफूसंग भएको जमीन बैंकमा धितो राखी बैंकसंग ऋण लिएर खाद्य बैंकको स्थापना गरेका श्रेष्ठलाई आफ्नै परिवारका सदस्यहरुको असहयोगका कारण एक सामान्य अवस्थाको मान्छेलाई पनि डाक्टरहरुले पागल घोषणा गरि पागललाई लगाउने सूई र खाने औषधी जवर्जस्ती खुवाईएको बताउंछन श्रेष्ठ।

जमीन धितो राखी बैंकवाट चर्को ब्याजमा ऋण लिएर खाद्य बैंकको स्थापना गरेका श्रेष्ठको उक्त कदमप्रति परिवारका अन्य सदस्य सन्तुष्ट थिएनन। फलत: एक वकिलको तालिमहरु?सल्लाह लिएर प्रहरीको सहयोगमा उनलाई जवर्जस्ती टिचिङ्ग अस्पताल महाराजगन्जमा भर्ना गरिएको थियो। टिचिङ्ग अस्पताल महाराजगन्जमा कार्यरत डा. श्रीराम उपाध्यायले लाग्दै नलागेको रोगलाई उनीहरुले बायो पोलार (Bio polar) भनि (Lithium Carbonate) उनको शरिरमा छोडेका थिए। जसका कारण उनलाई धेरै नै साईड ईफेक्ट (Side effect) पर्न गएको बताउँछन उनी, जवकी त्यो विमारी नै थिएन। अहिले त्यो औषधी छोडिसकेपछि भने आफू केहि हदसम्म पूर्ववत अवस्थामा फर्किएको तर अझै पनि शरिरलाई कहिं न कहिं समस्या भैरहेको बताउँछन उनी। उनी भन्छन-" मेरो शरिरलाई जवर्जस्ती प्रयोगशाला बनाईएको थियो।"

    यौटा सज्जन मान्छेलाई बिना डाईनोजिष्ट पागल घोषणा गरि प्रेप्सक्रीप्सन समेत तयार पारेका थिए भने पागल रोग विशेषज्ञ डा. सरोज ओझा र डा. विनिता ढुंगेलले  उनलाई पागल भनि लिथियम कार्वोनेट, बायो पोलार डिसअर्डर र हाईपोमेनिया जस्ता खतरनाक औषधी उनीमाथी प्रयोग गरेका थिए। यसरी यौटा सज्जन मान्छेलाई परिवारका सदस्य, वकिल र प्रहरी प्रशासनको जवर्जस्तीमा पागल घोषणा गरि मान्छेको जिवनमा गम्भिर असर पार्नेखालका ति खतरनाक औषधी जवर्जस्ती प्रयोग गर्नु कहाँसम्मको जायज कुरा हो? श्रेष्ठ प्रश्न गर्दछन।

भर्खर मात्र अन्तर्जातिय विवाह गरेका श्रेष्ठले उक्त औषधिका कारण आफू पहिलाजस्तो सक्षम नभएको, शारिरिक एवं मानशिक तनाव सृजना भएको र आफ्नो सेक्स पावरमा समेत बिल्कुलै ह्रास आईरहेको महसुस भएको बताउंछन उनी। उनी अस्पतालमै छंदा उनका सहयोगीद्वारा उनीमाथी भएको यस दर्दनाक घटनाका विरुद्ध सर्वोच्चमा मुद्दा हालेतापनि पछि तिनै डाक्टर, परिवारका सदस्य, वकिल र प्रहरी प्रशासनको दवावमा उक्त मुद्धा आपसी समझदारीमा फिर्ता लिएको बताउंछन श्रेष्ठ।

  कहिं न कतै उनको यसप्रकारको उल्लेखनिय लोकप्रिय कदमवाट विचलित भई नेपाल तथा भारतका कृषिक्षेत्रका विचौलियाहरुद्वारा यो घटना घटाइएको हुनसक्ने आशंका ब्याप्त रहेको बताउने श्रेष्ठले आफूलाई त्यस्ता विचौलियाहरुवाट सुरक्षा थ्रेट पनि भएको बताउंछन। विचौलियामुक्त कृषिवजार, विशेष गरेर यिनिहरुलेे सृजना गरेको कृत्रिम अभाव र महंगीमुक्त बजार, डिजिटल रासन कार्ड, पूर्णतया बैज्ञानिक आईडी कार्ड जसमा फिङर प्रीन्ट, डिएनए रिपोर्ट र आँखाको रेटिनाको रिपोर्ट समावेश भएको कार्ड जसले गर्दा गैरनेपालीले नेपालको आईडिकार्ड लिन नसकुन भनेर अभियान नै चलाएका श्रेष्ठले यि मुद्धाहरुमा वारम्वार सरकारलाई अवगत गराएको तर सरकारी पक्षवाट कुनै सुनुवाई नै नभएको दुखेसो पोख्छन श्रेष्ठ।

  नेपालमै लगानी गरि नेपालको कृषिक्षेत्रलाई आमूल परिवर्तन गर्ने उनको यात्रामा सरकारले साथ नदिएको आरोप लगाउंछन उनी। एक त नेपालमा लगानीको वातावरण सृजना हुनसकेको छैन, त्यसमाथी यस्तै विचौलियाका कारण आफू र आफ्नो संस्थाको सुरक्षा नभएको उल्लेख गर्दै श्रेष्ठले अव नाईजेरिया सरकारसंगको सहकार्यमा नाईजेरियामा पनि उक्त खाद्य बैंकको साखा स्थापना गरि नेपालको मूख्य कृषिउपजको बजार दक्षिण अफ्रिकी मुलुकलाई बनाउने अठोट ब्यक्त गरेका छन।

त्यसरि स्थापित शाखा बैंकको माध्यम ४० प्रतिशत नेपाली र ६० प्रतिशत नाईजेरियन नागरिकलाई प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहभागी गराई नेपाल र दक्षिण अफ्रिकी मुलुक विच कृषिमा क्रान्ती ल्याउने मूख्य उद्देश्य रहेको बताउंछन।  PGS- (Participatory Guarantees Scheme)योजनाअन्तर्गत जुलाई १५ देखी २० गतेसम्म नाईजेरिया सरकारसंगको सहकार्यमा बिभिन्न कार्यक्रम र सम्झौताहरुमा हस्ताक्षर हुनेछ।

जसअन्तर्गत नेपाल र नाईजेरियाविचको कृषिको अवस्था, उत्पादन र वितरण, कृषिजन्य उपजहरुको उत्पादनहेतु उचित जमीनको पहिचान, जसअन्तर्गत नाईजेरिया सरकारले खाद्य बैंकका लागी अत्यन्तै सहुलियत दरमा १००० एकड जमिन उपलव्ध गराउनेछ। विशेष गरेर गरिवी, भोकमरीवाट गुज्रिएका नाईजेरियन नागरिकलाई सामुहिकरुपमा कृषिमा आत्मनिर्भर गराई उनीहरुको जिवनस्तर उकास्नुका साथै नाईजेरिया र नेपालमा उत्पादित कृषिजन्य उपजहरुलाई एकआपसमा वजार विस्तार गरि कृषिमा दुवैदेशलाई आत्मनिर्भर बनाउनु यो भ्रमणको उद्देश्य रहनेछ- श्रेष्ठ थप्दछन। नेपालमा जस्तै नाईजेरियामा पनि समथर र उब्जाऊ जमीन त्यहाँका शाषकहरुको मुट्ठिमा रहेको र त्यहाँको मूख्य आम्दानीको स्रोत Crude Oil मा पनि नाईजेरियाका ठूला शोषक अनि शाषकको कव्जा रहेकाले बाँकी समान्य नागरिकमा जिविकाका उपायहरु अत्यन्तै सिमित मात्रामा भएकै कारण गरिवी, कुपोषण, भोकमरीजस्ता समस्या नाईजेरियाले सधै बेहोर्नुपरिरहेको छ।

श्रेष्ठ भन्छन- हाम्रो यसप्रकारको कदमवाट त्यहाँका जनतालाई रोजगारी, कृषिमा आत्मनिर्भर साथै अन्य जिवननिर्वाहका विकल्पका बाटाहरु पनि खुल्ला हुनेहुँदा नाईजेरियामा देखापरेका आम नागरिकका समस्या समाधानमा उल्लेख्य भूमिका निर्वाह हुनेछ। साथै यसवाट नेपाल र दक्षिण अफ्रिकी मुलुकहरु एकआपसले खाद्यान्न तथा कृषिउपज बजारहरुको सम्भावना एवं पहिचान तथा प्रवर्द्धनमा ठूलो टेवा पुग्नेछ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan