Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपली युवाले चलाएका दुई व्यबसाय अष्ट्रेलियाको प्रशिद्ध लोकल बिजनेस अवार्ड पारामाटा २०२५ बाट सम्मानित

न्यूजअभियान | प्रकाशित मिति : २०८२ श्रावण २२ बिहीबार |
newsabhiyan

काठमाडौं,  २२ साउन । अष्ट्रेलियामा रहेका दुई नेपाली नेतृत्वका उद्यमहरू क्लिक कन्सल्टिङ्ग गु्रप र आइटी टुगेदरले बिजनेस अवार्ड परमाटा जितेका हुन् ।

उत्कृष्ट शिक्षा सेवा तर्फ क्लिक कन्सल्टिङ्ग (Click Consulting Group) गु्रप र आइटी टुगेदर (IT Together) ले उत्कृष्ट नयाँ व्यवसायका रुपमा परामाटा सम्मान प्राप्त गर्न सफल भएका हुन् । 

क्लिक कन्सल्टिङ्ग गु्रपले अन्तर्राष्ट्रिय विद्यार्थीहरू, विशेष गरी नेपालका विद्यार्थीहरूलाई आइटी, लेखा, इञ्जिनियरिङ र साइबर सुरक्षामा जागिर खोज्न मद्दत गरेर ठूलो परिवर्तन ल्याइरहेको छ।

अहिलेसम्म, यस गु्रपले सयौँ विद्यार्थीहरूलाई सफलतापूर्वक आफ्नो करियर सुरु गर्न मद्दत गरेको छ ।  

अर्कोतर्फ आइटी टुगेदरले प्राविधिक स्टार्टअपका साथै साना र मझौला व्यवसायहरूलाई एआइ सञ्चालित सिआरएम समाधानहरू मार्फत आफ्नो दैनिक कार्यहरू स्वचालित गर्न मद्दत गरिरहेको छ।

वास्तविक व्यावसायिक समस्याहरू समाधान गर्ने उनीहरूको नवीन दृष्टिकोणले उत्कृष्ट नयाँ व्यवसायको उपाधि दिलाएको हो ।

यी उद्यमहरूमा नेपाली युवा ओम राउत, सन्तोष श्रेष्ठ, विकास रिजाल, सुनील सिग्देल र अनिस कार्की रहेका छन् ।

उनीहरूको कामले जोश, कडा परिश्रम र सही सोचका साथ युवा आप्रवासीहरूले विदेशमा सफल हुनुका साथै समुदायलाई पनि फिर्ता दिन सक्छन् भन्ने कुराको अनुभुति गराएको छ ।

उनीहरूको सफलता केवल व्यक्तिगत जित मात्र नभइ अष्ट्रेलियामा रहेका सबै नेपालीहरूका लागि गर्वको विषय बनाएको छ ।

यो अवार्ड युवाहरुले प्रवद्र्धन गरेका स्टार्टअपलाई प्रतिश्पर्धाका आधारमा प्रदान गरिन्छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan