Friday 27th of November | २०८३ मङ्सिर ११ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानमन्त्रीज्यू मेयर हुँदा लेखेको स्टाटस सम्झिनु हुन्छ कि ? राष्ट्रिय सहमति विनाको भारत भ्रमण हल्ला धेरै उपलब्धि थोरै ?

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ११ शुक्रबार |
newsabhiyan

काठमाडौं, ११ मंसिर ।  प्रधानमन्त्री बालेन शाहले दक्षिणी छिमेकी मुलुक भारतको मंसिर ६ र ७ गते राजकीय भ्रमण गरेका छन् ।

सो भ्रमणका क्रममा नेपाल र भारतबीचमा विभिन्न सहमति समेत भएको छ । तर, विगतमा समेत यस्तै सहमति दुवै देशबीच हुने गरेका भएपनि भारतीय पक्षले सहमतिलाई कार्यान्वयन नगरेको इतिहास साँक्षी रहेको छ ।

प्रधानमन्त्री शाहले आफ्नै मुलुकका राजनीतिक दलहरूलाई समेत विश्वासमा लिने प्रयाससम्म गरेका छैनन् । राजनीतिक दलहरू मध्येका मुख्य राजनीतिक दलहरू अर्थात राष्ट्रिय मान्यता प्राप्त दल जो संसदमा समेत उपस्थित रहेका छन् ।

उनीहरूलाई समेत आफूँ भारत भ्रमण जानुअघि भेटघाट गरी उनीहरूलाई समेत सुझाव माग्ने र उनीहरूको समेत सहयोग र समर्थन गरेर भारत भ्रमणका गएका भए प्रधानमन्त्री शाहलाई नै बल पुग्ने थियो तर उनले आफ्नो भारत भ्रमणका बारेमा न त राष्ट्रपतिलाई जानकारी गराए न त अन्य राजनीकि दललाई नै ।

बालेन शाह काठमाडौ महानगरको मेयर रहेका बेला तत्कालिन प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा जाने तयारीमा थिए । त्यस बेला मेयर शाहले २०८२ भाद्र १४ गते सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए त्यो स्टाटस अहिले चर्चाको विषय बनेको छ ।

स्टाटसमा लेखिएको थियो तपाईको चीन भ्रमणलाई शुभकामना छ भन्दै शुभकामना दिँदै लेखेका थिए नेपालको लिपुलुक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत र चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथि अतिक्रमण गरेको छ त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउनु नविर्सनुहोला ।

अल द वेष्ट हामीलाई तपाईमाथि पूर्ण विश्वास छ । उक्त स्टाटस लेख्ने उनै बालेन शाह प्रधानमन्त्रीका रुपमा भारतको २ दिने राजकीय भ्रमणगरेर नेपाल फर्किसकेका छन् । तर, झण्डै दुई तिहाई मत पाएर शक्तिशाली प्रधानमन्त्री बनेका साहले भारत भ्रमणका बेला बषौँदेखिको सीमा विवादको विषय नै उठाउँदै उठाएनन् ।

सुस्ता, कालापानी, लिपुलेक र लिम्पियाधुरासम्बन्धी सीमा विवाद लगायत लामो समयदेखि थाती रहेका द्विपक्षय महत्वपूर्ण मुद्दाले प्राथमिकता नै पाएनन् ।

उनै शाहले काठमाडौ महानगरको मेयर रहँदा आफू बस्ने कुर्सीको पछाडि ग्रेटर नेपालको नक्सा राखेर भारतले नेपालको भूमि मिचेको विषयको विरोध गर्दे आएका थिए । तर, आफ्नो दुई दिने भ्रमणमा त्यस विषयमा उनले कुरा नउठाएको सम्वद्ध अधिकारीहरूले बताएका छन् ।

यसरी प्रधानमन्त्री शाहले सत्ताप्रत्तिको लागि मात्र भारतविरोधी अभिव्यक्ति दिएका र मेयर हुँदा समेत आफ्नो कुर्सीको पछाडि ग्रेटर नेपालको नक्सा राखेर नेपाली जनतालाई झुक्याएर आफ्नो स्वार्थ पूरा गरेको आरोप उनीमाथि लाग्दै आएको छ ।

विगतमा भएका नेपाल भारतबीचको सहमति सम्झौताहरू अहिलेसम्म पनि कार्यान्वयन हुन सकेका छैनन् ।

२०७२ सालमा नेपालमा गएको भूकम्पको बेला पनि भारतले नेपाललाई ठुलो सहयोग गर्ने प्रतिवद्धता जनाएको थियो त्यसबेला केही आर्थिक सहायता अनुदान सहित र सहुलियत दरमा ऋण उपलब्ध गराउने सहमति भएकोमा त्यो सहुलियतपूर्ण ऋण भने कार्यान्वयनमै आएन त्यसैले गर्दा प्रधानमन्त्री बालेन साहको भारत भ्रमणमा भएको सहमति कार्यान्वय हुन्छ भन्ने विश्वास गरिहाल्न सकिने अवस्था देखिँदैन ।

भारतले नेपाललाई भोटेकोशी बाढी पछिको पुर्ननिर्माण र दीर्घकालिन विकासका लागि २ खर्ब ४० अर्ब रुपैँया बराबरको आर्थिक सहयोगका घोषणा गरेको छ । त्यसमा नयाँ सहयोग मध्ये ५६ अर्ब रुपैँया अनुदान र १ खर्ब ८४ अर्ब रुपैँया सहुलियतपूर्ण ऋण हुनेछ विज्ञप्तिमा जनाइएको छ ।

अनुदान विपद्पछिको पुर्ननिर्माण र नयाँ पूर्वाधार आयोजनामा खर्च गरिनेछ भने ऋण उर्जा क्षेत्रका परियोजनाका लागि उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल भारतबीचमा भएको सहमतिमा कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ता सहितका सीमा विवादलाई थापी राखिएको छ भने बहुप्रतिक्षित १९५० को शान्तिमैत्री सन्धीको पुनरावलोकन, इजीपी प्रतिवेदन कार्यान्वयन, दक्षिणी एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सक्रियता, व्यापार तथा पारवहन, भारतसँगको बढ्दो व्यापार घाटा, भारतीय बजारमा नेपाली सामानको पहुँच, भारतमा बसोबास गर्ने नेपालीले भोग्नु परेका समस्या र पञ्चेश्वर बहुउपयोगी परियोजना जस्ता महत्वपूर्ण विषयलाई थाती राखेर झिना मसिना कुराहरूका सहमति गरिनुलाई सामान्य रुपमा लिनुपर्दछ ।

सहमति भएका विषयहरू मध्येको काठमाडौं–भैरहवा–लखनऊ हवाई रुटलाई दुईतर्फी बनाउने, ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजनाको शिलान्यास, बनबासस्थित एकीकृत जाँच चौकीको शिलान्यास र भारतले थप दुई नाका उपलब्ध गराउने सहमति भएपनि काठमाडौ–भैरहवा–लखनऊ हवाई रुटलाई दुईतर्फ बनाउने सहमति भएपनि सो विषय टुँगिएको होइन त्यसको विस्तृत अध्ययानपछि मात्र त्यस विषयमा टुँगो लाग्ने भएकाले गर्दा अहिलेकै अवस्थामा प्रधानमन्त्री बालेन साहको भारत भ्रमण र त्यस क्रममा भएका भनिएका केही सहमतिलाई ठुलो उपलब्धि भयो भनेर सत्ताधारी दल र सरकारले प्रचार प्रसार गर्नु कुनै औचित्य देखिँदैन ।

आफ्नै देशका राजनीतिक दलहरूका नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न नसक्ने प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री सहितका अन्य सरकारी उच्च तहका व्यक्तिहरूलाई विश्वासमा लिन सक्ने अवस्था नै थिएन ।

किन कि आफ्नो देशमा राष्ट्रिय सहमति गरेर भारत भ्रमणमा गएका भए उनैलाई बल पुग्थ्यो त्यसबेला सिंगो मुलुकको प्रतिनिधि हुनु थियो त्यसमा साह चुकेका छन् । त्यसैले गर्दा काठमाडौ महानगरपालिकाका तत्कालिन मेयर बालेनले केपी ओलीको २०८२ को चीन भ्रमण अघि लेखेको स्टाटस देखाटीमात्र भएको र जनतालाई भ्रम पार्ने प्रयासमात्र भएको प्रष्ट भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan