Monday 3rd of August | २०८३ श्रावण १८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुनसरी घटनाका मृतकको शव अन्ततः परिवारले बुझ्यो, अन्त्येष्टिको तयारी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १५ शुक्रबार |

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा ज्यान गुमाएका दुई युवा जयप्रकाश मेहता,ओमप्रकाश मेहताको शव अन्ततः परिवारले बुझेका छन्।

सरकार र पीडित पक्षबीच विभिन्न चरणमा भएको वार्ता तथा सहमतिपछि परिवारले शव बुझ्न सहमति जनाएका हुन्। यसअघि घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई न्यायको सुनिश्चितताको माग गर्दै परिवारले शव बुझ्न अस्वीकार गरेका कारण शव विराटनगरस्थित अस्पतालको शवगृहमा राखिएको थियो।

शव बुझाएसँगै अन्त्येष्टिको तयारी अघि बढाइएको छ। घटनापछि उत्पन्न तनावलाई नियन्त्रणमा लिन प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने स्थानीय प्रशासनले शान्ति, संयम र सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपिल गरेको छ।

सरकारले घटनाबारे छानबिन प्रक्रिया अघि बढेको जनाएको छ भने स्थानीय बासिन्दाले निष्पक्ष अनुसन्धान र दोषीलाई कानुनी दायरामा ल्याउन माग दोहोर्‍याएका छन्। घटनापछि प्रभावित क्षेत्रमा जनजीवन क्रमशः सामान्य बन्दै गएको भए पनि सुरक्षा निकायले उच्च सतर्कता कायम राखेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan