Monday 3rd of August | २०८३ श्रावण १८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दाङमा ‘सूचना प्रविधि मेला’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १६ शनिबार | रासस

 

दाङ, १६ साउनः ‘कोड फर चेन्ज दाङ’को आयोजनामा शुक्रबारदेखि यहाँ तीनदिने सूचना प्रविधि मेला सुरु भएको छ । मेलाको उद्घाटन घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले गर्नुभयो ।  

 

नगर प्रमुख चौधरीले सूचना प्रविधि आजको विश्वको सबैभन्दा शक्तिशाली माध्यम बनेको उल्लेख गर्दै युवाहरूको सिर्जनशीलता र नवप्रवर्तनलाई स्थानीय सरकारले सदैव प्रोत्साहन गर्ने बताउनुभयो । उहाँले प्रविधिलाई केवल अध्ययनको विषयका रूपमा मात्र नभई उद्यम, रोजगारी र समाज रूपान्तरणको माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

 

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनले सूचना प्रविधि र सञ्चार क्षेत्र एकअर्काका परिपूरक रहेका उल्लेख गर्दै डिजिटल युगमा सिर्जना हुने प्रविधिले समाजलाई सही दिशामा लैजानुपर्ने बताउनुभयो ।  

 

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा दाङसहित विभिन्न जिल्लाका कलेजमा सूचना प्रविधि (आईटी) अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहनेछ । मेलामा विद्यार्थीले विकास गरेका विभिन्न मोबाइल एप, सफ्टवेयर, डिजिटल सामान तथा नवीन प्रविधिमा आधारित आइडियाको प्रतिस्पर्धा हुने कोड फर चेन्ज दाङका अध्यक्ष जगदिश ओलीले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan