Monday 3rd of August | २०८३ श्रावण १८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रकाश मानवअधिकार पुरस्कार खड्कालाई प्रदान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १६ शनिबार | (रासस)

काठमाडौँ, १६ साउनः यस वर्षको ‘प्रकाश मानव अधिकार पुरस्कार’ शोषण तथा विभेदमुक्त समाज निर्माणको अभियानमा सक्रिय रुद्रबहादुर खड्कालाई प्रदान गरिएको छ ।
 
    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले उहाँलाई सो पुरस्कार प्रदान गर्नुभयो ।
 
    उक्त पुरस्कारको राशि रु ५० हजार रहेको छ । इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले खड्कालाई उक्त पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको थियो ।
 
        मानव अधिकार उल्लङ्घन, अन्याय, विभेद, दण्डहीनता तथा सामाजिक बहिष्करणका घटनालाई निरन्तर उजागार गर्दै आउनुभएको खड्का शारीरिक अशक्तताका बीच पनि मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा दुई दशकदेखि क्रियाशील हुनुुहुन्छ ।
 
    नेपालको मावन अधिकार र सामाजिक न्यायको क्षेत्रमा इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेले पु¥याउनुभएको योगादनको स्मरण गर्र्दै सो पुरस्कार प्रदान गर्दै आइएको आयोजकले जनाएको छ । संस्थापक महासचिव काफ्लेको २०४९ साउन १६ गते नुवकोटको घोप्टेभिरमा भएको थाई एयर दुर्घटनामा निधन भएको थियो ।
 
    यसअघि सो पुरस्कारबाट वरिष्ठ पत्रकार स्व विनयकुमार कसजु, वरिष्ठ समाजसेवी स्व दयावीरसिंह कंसाकार, डा गौरीशङ्करलाल दास, दलित अधिकारकर्मी रामरतिदेवी राम, महिला अधिकारकर्मी वसन्तीदेवी झालगायत ३१ जना सम्मानित भइसक्नुभएको इन्सेकका संस्थापक अध्यक्ष प्याकुरेलले जानकारी दिनुभयो ।
 
    सो अवसरमा वरिष्ठतम न्यायाधीश मल्लले संविधानले निर्धारण गरेको सीमाभित्र रहेर राज्यका संरचनालाई बलियो बनाउनुपर्नेमा जोड दिँदै आमनागरिकले सहजै प्राप्त गर्ने न्यायबाट मात्रै लोकतन्त्रको मूल्याङ्कन गर्न मिल्ने बताउनुभयो ।
 
     कार्यक्रममा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी र इन्सेकका संस्थापक अध्यक्ष प्याकुरेलले मानवअधिकार, सामाजिक न्याय र संवैधानिक अधिकारका बारेमा चर्चा गर्नुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan