Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कृषिउपज सङ्कलन तथा बजारीकरण केन्द्र निर्माण हुँदै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २३ शनिबार |

भोजपुर, २३ साउनः भारत सरकारको सहयोगमा टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा रु १० करोड लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बजारीकरण केन्द्र निर्माण हुने भएको छ । 


    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालका अनुसार केन्द्रमा आधुनिक भण्डारण कक्ष, चिस्यान व्यवस्थापन, सङ्कलनस्थल, ग्रेडिङ (वर्गीकरण) तथा प्राथमिक प्रशोधनका आवश्यक संरचना निर्माण हुने छन् । केन्द्र निर्माणको पाँच प्रतिशत लागत पालिकाले व्यहोर्ने छ । केन्द्रको निर्माण चालु आर्थिक वर्षभित्रै प्रारम्भ गर्ने लक्ष्य छ । 

    केन्द्र निर्माणपछि कृषिमा आधारित उद्यम विकासका साथै  स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गरेर रोजगारीका अवसर बढाउने गाउँपालिकाको लक्ष्य छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan