Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नियमित कोटाको रासायनिक मल वितरण गरिँदै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २३ शनिबार |

जनकपुरधाम, २३ साउनः कृषि सामग्री कम्पनी लिमिटेड, धनुषाले दोस्रो चरणमा नियमित कोटाको रासायनिक मल वितरण सुरु गरेको छ । धनुषा र महोत्तरीमा धान रोपाइँ अन्तिम चरणमा पुगेका बेला सो कार्यालयले नियमित कोटाको डिएपी र युरिया मलको वितरण सुरु गरेको हो । 

मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको यही साउन ११ गते निर्णयअनुसार धनुषाका लागि ९७९ मेट्रिक टन डिएपी र ९२६ मेट्रिक टन युरिया तथा महोत्तरीका लागि ९३१ मेट्रिक टन डिएपी र ८८० मेट्रिक टन युरिया वितरण सुरु गरिएको कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधामका सूचना अधिकारी बेचन साहले जानकारी दिनुभयो  । 

सूचना अधिकारी साहका अनुसार कृषि सामग्री कम्पनी लिमिटेडको वीरगञ्जस्थित प्रादेशिक कार्यालयबाट मल ढुवानी भएसँगै जिल्लामा स्थानीय तहहरूको सिफारिसअनुसार मलको वितरण सुरु गरिएको हो । 

मलको वितरणसँगै जिल्लामा केही समय अघिसम्म रहेको मलको अभाव विस्तारै हट्दै गएको छ । साउनको दोस्रो साता थप युरिया र डिएपी मल प्राप्त भएकाले मलको अभाव हटेको उहाँको भनाइ छ । उहाँका अनुसार कृषि सामग्री कम्पनी लिमिटेड, जनकपुरधाम धनुषामा हाल २ दशमलव ६ मेट्रिक टन युरिया मौज्दात रहेको छ । सुनसरी र सिरहाको घटनापश्चात् स्थानीय प्रशासनहरूले जारी गरेको कर्फ्यु र निषेधाज्ञाका कारण केही दिन मलको ढुवानी हुन नसक्दा केही समस्या भए पनि विस्तारै ढुवानी सुरु भइसकेकोले मल सहज भएको उहाँले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan