मिलन धर्मस्थली च्याम्पियन
काठमाडौँ : मिलन धर्मस्थलीले तारर्केश्वर कप विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
तारर्केश्वर नगरपालिकाको आयोजनामा शेषमतिस्थित टिपटो स्पोटर््स हबमा भएको फाइनलमा मिलन धर्मस्थलीले श्रृजना ज्ञान सागरलाई २–० गोलले पराजित ग¥यो । दुवै गोल तेन्जिङ तामाङले गरे ।
ग्राम सेवाले प्रारम्भ वल्र्ड स्कुललाई २–० गोलले हराउदै तेश्रो भयो । दुवै गोल सरोज बरामबाट सम्झव भयो । शीर्ष तीनमा रहने टिमले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार हात पारे ।
मिलन धर्मस्थलीका तेन्जिङ तामाङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । तेन्जिङ प्रतियोगतिाकै सर्वाधिक गोलकर्ता पनि बने । श्रृजना ज्ञान सागरका प्रिन्स थापा मगर उदीयमान खेलाडी, मिलन धर्मस्थलीका शशि तामाङ उत्कृष्ट गोलरक्षक र मिलन धर्मस्थलीकै प्रवीण गुरुङ उत्कृष्ट प्रशिक्षक चुनिए । सबैले जनही ५ हजार नगद पुरस्कार हात पारे ।
विजेतालाई तारर्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, उप–मेयर सिर्जना बुर्लाकोटी, प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल, नगर खेलकुद समितिका अध्यक्ष विक्रम खड्गी, खेलकुद शाखा संयोजक गौरव बस्नेतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
पाँचदिने प्रतियोगितामा ३२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको नगर खेलकुद समितिका अध्यक्ष खड्गीले जनाएका छन् ।
