Friday 7th of August | २०८३ श्रावण २२ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

संस्कृति, ह्वाइट हेभेन र इडिफाइ च्याम्पियन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २१ बिहीबार |

आयोजक संस्कृति शिक्षा सदन, ह्वाइट हेभेन एकेडेमी र इडिफाइ इन्टरनेसनल एकेडेमीले १० औं टोप्स अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । संस्कृति सिनियर गल्र्स, ह्वाइट हेभेन सिनियर ब्वाइज र इडिफाइ जुनियर ब्वाइजमा च्याम्पियन बने ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा संस्कृतिले तेजस्वी एकेडेमीलाई १–० गोलले पराजित ग¥यो । संस्कृतिकी सुहाना खड्काले निर्णायक गोल गरिन् । ल्यान्डमार्क एकेडेमी तेश्रो भयो ।

सिनियर ब्वाइजको फाइनलमा ह्वाइट हेभेनले निम्बल एकेडेमीलाई २–१ गोलले हरायो । विजयी टिमका लागि विवेश बर्देवाले दुवै गोल गरे । स्वेता सदन स्कुल तेश्रो बन्यो ।
टिम अफ प्रोग्रेसिभ स्कुल (टोप्स) को वार्षिक कार्यक्रम अनुसार तार्केश्वर नगरपालिकाको लोलाङस्थित आयोजक संस्कृतिमै भएको प्रतियोगिताको जुनियर ब्वाइजको फाइननलमा इडिफाइले ह्वाइट हेभेनलाई टाइब्रेकरमा २–१ ले पाखा लगायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । ल्यान्डमार्कले तेश्रो स्थानमा चित्त बुझायो ।

सिनियर गल्र्समा संस्कृतिकी सुहाना खड्का उत्कृष्ट खेलाडी तथा संस्कृतिकी आचल अधिकारी उत्कृष्ट गोलरक्षक घोषित भए । सिनियर ब्वाइजमा ह्वाइट हेभनका विवेश बर्देवा उत्कृष्ट खेलाडी तथा सोही विद्यालयका पल्लभ पुन मगर उत्कृष्ट गोलरक्षक चुनिए ।

जुनियर ब्वाइजमा इडिफाइका आदर्श आले मगर उत्कृष्ट खेलाडी तथा इडिफाइकै अंकित राई उत्कृष्ट गोलरक्षक बने ।

विजेतालाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान अनु लामा, टोप्सका अध्यक्ष भरतमणि पोखरेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चारदिने प्रतियोगिताको सिनियर गल्र्समा १२, सिनियर ब्वाइजमा १५ र जुनियर ब्वाइजमा १४ टोलीको सहभागिता रहेको प्रतियोगिता संयोजक कृष्ण न्यौपानेले जनाएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan