Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २५ सोमबार | (रासस)
newsabhiyan

काठमाडौँ, २५ साउनः प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न तीन वटा विधेयक प्रस्तुत गरिएका छन् ।

बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुभयो । 

विधेयक प्रस्तुत गर्दै उहाँले कोषको २०१९ सालको ऐन कार्यान्वयनमा रहेको बताउँदै समसामयिक संशोधन गर्न आवश्यक भएकाले यो विधेयक प्रस्तुत गरिएको जानकारी दिनुभयो ।

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्नृभयो ।

उहाँले विधेयक प्रस्तुत गर्दै २०६८ सालमा जारी भएको ऐनलाई संशोधन गर्न र छिटोछरितो न्याय निरुपणका लागि विधेयक ल्याइएको जानकारी गराउनुभयो । 

बैठकमा युवा श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रस्तुत गर्नुभयो ।

विधेयक प्रस्तुत गर्दै उहाँले बालबालिका जोखिमपूर्ण काममा लगाउन निषेध गर्न, प्रचलित कानुनलाई नियमित र नियमण गर्न बनाउन विधेयक ल्याएको सदनलाई जानकारी गराउनुभयो । प्रतिनिधिसभा बैठक जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan