Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोटेकोशी बाढीः सेनाद्वारा २५ जनाको उद्धार, १४ हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार |
newsabhiyan

काठमाडौँ, १० भदौः रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित २५ जनाको नेपाली सेनाले उद्धार गरेको छ ।

प्रभावित क्षेत्रमा खटिइएको सेनाको टोलीले रसुवाको टिमुरे र स्याफ्रु तथा नुवाकोटको त्रिशूली क्षेत्रबाट उनीहरुको उद्धार गरेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो । 

बाढी प्रभावितको उद्धार र प्रतिकार्यका लागि सेनाको छ र निजी क्षेत्रका आठ गरी १४ हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । ती हेलिकप्टरले आवश्यकताअनुसार घाइते तथा प्रभावितको उद्धार तथा राहतमा सहयोग पु¥याउने छन् । 

सेनाले घाइतेको उपचारका लागि दुई जना सर्जनसहित २० जनाको विशेषज्ञ चिकित्सकको टोली त्रिशूलीस्थित मैथली ब्यारेकमा तैनाथ गरेको छ । त्रिशूली अस्पतालसँगको सडक सम्पर्क टुटेपछि सेनाले ब्यारेकमा स्वास्थ्य सेवा दिन उक्त टोली खटाएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan