Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छः घिसिङ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १८ आइतबार | (रासस)

बनेपा (काभ्रे), १८ असोजः उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई प्राथमिकता दिँदै आर्थिक समृद्धिको यात्रा तय गर्नुपर्ने बताउनुभएको छ । आज बनेपामा पार्टीको जिल्ला समिति कार्यालयको उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले जिल्लाका गाउँपालिका तथा नगरपालिकामा पार्टीको सङ्गठन विस्तार भइसकेको बताउनुभयो  ।

    अध्यक्ष घिसिङले देश निर्माणका लागि सहकार्य र समन्वयमार्फ सबै निरन्तर खटिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामीले एक दिन र एक घण्टा पनि खेर नफाली निरन्तर मेहनतका साथ काम गर्नुपर्नेछ ।” उहाँले लामो समयदेखि आर्थिक सङ्कट तथा अभावमा गुज्रिएको मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन संस्थागत सुदृढीकरण गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    नेपालको जलस्रोत, कृषि तथा प्राकृतिक स्रोतको उच्चतम उपयोग गर्दै हरित क्रान्तिमार्फत देशको अर्थतन्त्रमा सुधार ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । कृषिको आधुनिकीकरण, स्वच्छ ऊर्जाको प्रवर्द्धन र स्वदेशमै रोजगारी सिर्जना गरी युवालाई विदेश पलायन हुनबाट रोक्न तथा स्वदेशमै उद्यम गर्न प्रेरित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताको पनि बाक्लो उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan