Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान बस्ने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १८ आइतबार |

काठमाडौँ, १८ असोजः नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान महाधिवेशन स्थल खुल्लामञ्चमा बस्ने भएको छ ।

 कांग्रेस प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशन अन्तर्गतको बन्दसत्रमा पेश गर्ने प्रतिवेदन उपर छलफल गर्नका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरिएको राससलाई जानकारी दिनुभयो ।

असोज १९ र २० गते बन्दसत्रको कार्यक्रम हुनेछ । बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन तथा महामन्त्रीले विधान संशोधन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan