ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान
ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा मतदान गरेका छन् । यसमा हालका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र विपक्षी दलका नेता तथा सिनेटर फ्लाभियो बोल्सोनारो प्रतिस्पर्धाका लागि मुख्य उम्मेदवार रहनेछन् ।
चुनावअघिको सर्वेक्षणअनुसार दुई मध्ये एकले सिधै जित्ने सम्भावना छ तर पहिलो चरणको मतदानबाट कसैले पनि बहुमत नपाए अक्टोबर २५ मा दोस्रो चरणको मतदान हुनेछ ।
ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्र ब्राजिलमा करिब १५ करोड ९० लाख मानिस मतदान गर्न योग्य रहेको निर्वाचन आयोगले बताएको छ। बोल्सोनारो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी तथा पूर्व राष्ट्रपति जायर बोल्सोनारोका छोरा हुनुहुन्छ । लुलाले चार वर्षअघि जायरलाई हराउनुभएको थियो ।
लुलाद्वारा ७० वर्षमाथिको समूहलाई मतदान गर्न आग्रह
उमेरले आठ दशक पुगेका लुलाले साओ पाउलो नजिकैको एक विद्यालयमा स्थानीय समय अनुसार आइतबार बिहान ९ बजेपछि मतदान गर्नुभएको थियो । उहाँ यस पटक राष्ट्रपतिको निर्वाचनमा आफ्नो खासै प्रतिस्पर्धा नहुनेमा विश्वस्त हुनुहुन्छ । उहाँले ७० वर्षमाथिका ब्राजिलियालीहरूलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।
ब्राजिलमा यो समूहलाई मतदान गर्न अनिवार्य छैन । उहाँले निर्वाचनमा मतदानका लागि आह्वान गर्दै भन्नुभयो, “पुनः निर्वाचित भए हामीले पहिलेभन्दा दोब्बर काम गर्नुपर्छ र गर्नेछौँ ।”
–अपराधको मुद्दा–
मतदानका लागि मतदान केन्द्रमा पुगेका ६७ वर्षीया रोसाने विङ्कले गत महिना डकैतीमा उनलाई बन्दुक देखाएर औँठी चोरिएको बताउँदै फ्लाभियो बोल्सोनारोलाई समर्थन दिने बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ अपराधले हामीलाई आतङ्कित बनाइरहेको छ।”
फ्लाभियो बोल्सोनारोको एक भिडियोमा उहाँले ‘ब्राजिल प्रभु येशू ख्रिष्टको हो’ भन्नुभएको छ । यसले समाजबादी धारका लुलालाई कट्टर क्याथोलिकहरूको धार्मिक समूहबाट मत नआउने चिन्ता सिर्जना गरेको छ ।
उहाँ ब्राजिलकी संरक्षक सन्त अपारेसिडाकी मरियमलाई हटाउन चाहनुहुन्छ भने बोल्सोनारोले यसलाई अस्वीकार गर्दै आउनुभएको छ। सन्त तोक्ने वा हटाउने अधिकार भ्याटिकनसँग मात्र छ ।
–परिवर्तनको मुद्दा–
फ्लाभियो बोल्सोनारोले रियो दि जेनेरियोमा बिहान करिब ८ः१० बजे मतदान गर्नुभयो र भन्नुभयो, “ब्राजिललाई परिवर्तन चाहिन्छ। ब्राजिलले यति धेरै दुःख सहन सक्दैन।”
लुला सरकारले ट्यारिफ र ब्राजिलका लागु पदार्थ कारोबार समूहलाई आतङ्कवादी घोषणा गर्ने अमेरिकाका केही कदमहरूले बोल्सोनारोलाई फाइदा पु¥याउने प्रयास भएको आरोप लगाएको छ । ट्रम्प प्रशासनले यसलाई अस्वीकार गरेको छ ।
–विद्युतीय मतदान–
ब्राजिलमा सन् १९९० को दशकदेखि मेसिन प्रयोग गरी विद्युतीय मतदानको अभ्यास हुँदै आएको छ । यसले पुरानो धोखाधडी रोकेको छ । परिणाम मतदान सकिएको केही घण्टामै आउँछ।
लुला अमेरिकी महाद्वीपका सबैभन्दा वृद्ध नेताहरूमध्ये एक मानिनुहुन्छ । यदि उहाँले जिते उहाँ ब्राजिलका सबैभन्दा वृद्ध निर्वाचित राष्ट्रपति बन्नुहुनेछ । उहाँले आफू ब्राजिलको विकासका लागि १२० वर्षसम्म बाँच्न चाहेको बताउने गर्नुभएको छ ।
ब्राजिलमा विभिन्न राज्यका गभर्नर, सांसद र सिनेटरहरू पनि यसै मतदानबाट चयन हुनेछन् । मतदानका लागि लगभग १५ करोड ९० लाख मानिस योग्य मानिएका छन् ।
