Saturday 17th of October | २०८३ कार्तिक १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १ शनिबार |

सुनसरी :  इटहरी उपमहानगरपालिका-१८ नयाँटोलबाट जुवातास खेलिरहेको अवस्थामा सप्तरी सप्तकोशी नगरपालिका-२ सिद्धिपुर बस्ने ४० वर्षीय बिश्वास थापा मगर समेत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ७१ हजार १० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

झापा, अर्जुनधारा नगरपालिका-५ ओमचोक बस्ने ५५ वर्षीय सिताराम थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सिताराम समेत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमानीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२ हजार ६ सय ८० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।

 चितवन, रत्ननगर नगरपालिका-१० बगैंचा टोल बस्ने ४५ वर्षीय धन कुमार तामाङको घरमा जुवातास खेलिरहेको  अवस्थामा धन बहादुर समेत ९ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १० हजार २ सय ५५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan