Tuesday 27th of October | २०८३ कार्तिक ११ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गणतन्त्रपछिका उपलब्धिलाई नयाँ पुस्ताले सम्मान गर्नुपर्छः मुख्यमन्त्री शाही

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १० सोमबार | (रासस)

हुम्ला, ९ कात्तिकः कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले सङ्घीय गणतन्त्रपछि कर्णालीका गाउँगाउँमा सडक, विद्युत् र सञ्चार सेवाको पहुँच विस्तार भएको बताउनुभएको छ ।

    अदानचुली गाउँपालिका–३ श्रीनगरस्थित आफूले २०४१ सालमा अध्ययन गरेको सूर्योदय माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा उहाँले विगतमा चामल र नुन ल्याउनसमेत कठिन हुने कर्णालीमा अहिले सडक सञ्जाल विस्तार हुनु, गाउँमा बिजुली पुग्नु र नागरिकका हातहातमा मोबाइल हुनु परिवर्तनका महत्त्वपूर्ण उदाहरण भएको भएको स्पष्ट पार्नुभयो ।

    कर्णालीवासीका विगतको जीवनका दुःखपूर्ण  दिन स्मरण गर्दै मुख्यमन्त्री शाहीले  विगतको अवस्थालाई अहिलेको परिवेशसँग तुलना गर्दै सङ्घीय गणतन्त्रपछि प्राप्त उपलब्धिलाई नयाँ पुस्ताले सम्मान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    विगत सम्झँदै उहाँले भन्नुभयो, “२०४१ सालमा यही विद्यालयमा पढ्दा चामल ल्याउन बाजुराको कोल्टी र मार्तडी जानुपथ्र्यो, बाटोमा भारी बोकेर जान्थ्यौँ र उताबाट चामल ल्याउँदा पनि आफैँ भारी बोकेर आउनुपथ्र्यो ।”

    विद्यार्थी जीवनमा मट्टीतेलको अभाव हुँदा झरो बालेर पढ्नुपरेको स्मरण गर्दै अहिले गाउँगाउँमा सडक र विद्युत् पुगेको तथा सञ्चार सेवाको पहुँच विस्तार भएको पक्षलाई सबैले मनन गर्नुपर्ने आवश्यकता मुख्यमन्त्री शाहीले आँैल्याउनुभयो ।

    उहाँले भौतिक विकाससँगै सामाजिक क्षेत्रमा पनि परिवर्तन आएको उल्लेख गर्नुभयो । सामाजिक सम्मान र अधिकारका क्षेत्रमा पनि वर्णनयोग्य सुधार आएको बताउँदै उहाँले भन्नुभयो, “समाजका सबै जातजाति र समुदायले अहिले सम्मानपूर्वक बाँच्न पाएका छौँ ।” 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan