Saturday 31st of October | २०८३ कार्तिक १४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाढीबाट विद्यालय गुमाएका त्रिभुवन त्रिशूली माविका एक हजार ४३७ विद्यार्थीलाई सहयोग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १४ शनिबार | (रासस)

नुवाकोट (भोटेकोसी), १४ कात्तिकः रसुवामा गएको बाढीले विद्यालय भवन बगाएपछि प्रभावित भएका नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका एक हजार ४३७ विद्यार्थीलाई राहत सामग्री प्रदान गरिएको छ ।

    एफकेबी युकेको सहयोगमा बास नेपालले विद्यालयमै पुगेर २५० छात्रालाई पुनःप्रयोग गर्न मिल्ने प्याडसहितको फ्रिडम किट ब्याग र ३०० छात्रलाई दैनिक उपभोग्य, स्वास्थ्य तथा प्राथमिक उपचार सामग्रीसहितको हाइजेनिक किट वितरण गरेको हो ।

    त्यस्तै, जनजीवन फाउन्डेसन भारत तथा नेपालगन्जका विभिन्न संस्था र व्यक्तिको सहयोगमा एक हजार २८६ वटा स्टेसनरी सामग्री, ४७२ विद्यार्थीलाई लत्ताकपडा, १३७ वटा भाँडाकुँडा, २३ थान ओढ्ने–ओछ्याउने कपडा र ५१ जनालाई झोला वितरण गरिएको छ । बास नेपालका अनुसार कुल रु १० लाख बराबरको सहयोग उपलब्ध गराइएको हो ।

    विदुर नगरपालिका–१ का वडाध्यक्ष लेलिन रञ्जितको उपस्थिति तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष शर्मिला श्रेष्ठको अध्यक्षतामा सामग्री हस्तान्तरण गरिएको थियो ।

    विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले सहयोगप्रति आभार व्यक्त गर्दै विद्यार्थीलाई मनोसामाजिक सेवा उपलब्ध गराउन बास नेपालसँग आग्रह गर्नुभयो ।

    बाढी आउन लागेको मौखिक सूचना पाएपछि विद्यालयले त्रिशूली नदी किनारमा रहेको विद्यालयका एक हजार ६०० भन्दा बढी विद्यार्थीलाई घर पठाएको थियो । त्यसैले मानवीय क्षति हुन पाएन । विद्यार्थी र शिक्षक घर पुगेको केही समयमै विद्यालय भवन बाढीले पूर्ण रूपमा बगाएको थियो ।

    विद्यालय भवन बगेपछि बन्द भएको विद्यालयले असोज १ गतेदेखि विदुर नगरपालिका–१ को कलोनीस्थित यातायात तथा भौतिक मन्त्रालयअन्तर्गतको भवन निर्माण शाखाको भवनमा अस्थायी रूपमा पठनपाठन सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan