Sunday 1st of November | २०८३ कार्तिक १५ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चौबीस स्वर्ण पदक जितेर सगरमाथाको अग्रता    

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १५ आइतबार |

 बाँके, १४ कात्तिकः  नेपालगन्जमा आजदेखि सुरु भएको तेस्रो अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपमा ३८ व्यक्तिगत तथा दुईवटा रिले स्पर्धामा ललितपुरको सगरमाथा स्वीमिङ क्लबले अग्रता लिएको छ ।
 
    नेपाल पौडी सङ्घको प्राविधिक सहयोगमा नेपालगन्ज स्वीमिङ क्लबले आयोजना गरेको उक्त प्रतियोगिताको पहिलो दिन ४० वटा स्पर्धा सम्पन्न हुँदा सगरमाथा क्लबले २४ स्वर्ण पदक जितेर अग्रता लिएको प्रतियोगिताका प्रमुख रेफ्री विष्णु खड्का क्षेत्रीले जानकारी दिए ।

    प्रतियोगितामा भारतको नयाँ दिल्लीको इलाइट स्वीमिङ एकेडेमीले १० स्वर्ण जितेर दोस्रो स्थानमा छ । प्रतियोगितामा हालसम्म ललितपुरको रातो बङ्गला र मपिल क्यानेडिन स्कुल काठमाडौँ दुई–दुई स्वर्ण जितेर तेस्रो स्थानमा छन् । भारतको लखनउ गल्स कलेज र शिखा एकेडेमी चौथो स्थानमा रहेका क्षेत्रीले बताए ।
 
    प्रतियोगितामा यु–८ देखि यु–१७ तथा ओपन अर्थात् १७ वर्षभन्दा बढी उमेरका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । खेलाडीका बीचमा  फ्रि स्टाइल, बेष्टस्ट्रोक, ब्याकस्ट्रोक, बटरफ्लाइ, रिले र व्यक्तिगत मेड्ले गरी छ छुट्टाछुट्टै विधाका ८० विधामा प्रतिस्पर्धा भइरहेको छ । 

    प्रतियोगितामा देशका सबै प्रदेशका साथै भारतको दिल्ली र लखनउबाट १५० खेलाडी सहभागी भएका छन् । 
स्वीमिङलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगन्जका स्वीमिङ खेलप्रेमी उद्योगी, व्यवसायी, चिकित्सक इन्जिनियर, कानुन व्यवसायी, चार्टर एकाउन्टेड, सञ्चारकर्मीलगायत नागरिक समाजका अगुवाहरूको पहलमा गठन गरिएको लुम्बिनी प्रदेशकै पहिलो स्वीमिङ क्लब हो ।

    यसअघि नेपालगन्ज उपमहानगरपालिका नगरप्रमुख प्रशान्त विष्टले सो प्रतियोगिताको उद्घाटन गरेका थिए । सो अवसरमा नगरप्रमुख विष्टले खेलकुदको विकासका लागि उपमहानगरपालिका प्रतिबद्ध रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan