Tuesday 3rd of November | २०८३ कार्तिक १७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नदी नियन्त्रणमा पहिलो त्रैमासिकमा ३४ दशमवल नौ प्रतिशत प्रगति

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १७ मंगलबार |
newsabhiyan

काठमाडौँ, १७ कात्तिकः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा नदी नियन्त्रणतर्फ ३४ दशमलव नौ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ ।

मन्त्रालयअन्तर्गतको नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखाका प्रमुख रवीन्द्रबहादुर थापाका अनुसार उक्त कार्यक्रमका लागि चालु आवमा रु पाँच अर्ब २० करोड ९० लाख बजेट विनियोजन भएको थियो ।

पहिलो त्रैमासिकमा छुट्याइएको रु ६२ करोड ७४ लाख बजेटमध्ये रु १४ करोड ७० लाख खर्च भएको छ, जुन त्रैमासिक बजेटको २३ दशमलव ४ प्रतिशत हो ।

सोही अवधिमा त्रैमासिक लक्ष्यको तुलनामा ३४ दशमलव नौ प्रतिशत भारित भौतिक प्रगति भएको छ । उक्त अवधिमा दुई दशमलव नौ किलोमिटर तटबन्ध निर्माण र एक हेक्टर जग्गा उकास भएको महाशाखाका प्रमुख थापाले बताउनुभयो ।

उहाँका अनुसार केही आयोजनाले भने त्रैमासिक लक्ष्यभन्दा उल्लेखनीय रा काम गरेका छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुर (चितवन) ले त्रैमासिक भौतिक लक्ष्यको १६० दशमलव आठ प्रतिशत प्रगति हासिल गरेको छ ।

टार–बजार संरक्षण कार्यक्रमले लक्ष्यको १०८ प्रतिशत प्रगति गरेको छ । लमही (दाङ)ले ८६ दशमलव पाँच प्रतिशत, कञ्चनपुरले ८२ दशमलव पाँच प्रतिशत र जनकपुर (धनुषा)ले ८२ दशमलव तीन प्रतिशत भौतिक प्रगति हासिल गरेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan