Monday 2nd of November | २०८३ कार्तिक १६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नयाँ कार्यसमिति अद्यावधिकका लागि कांग्रेसद्वारा निर्वाचन आयोगमा निवेदन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १६ सोमबार | रासस

काठमाडौँ, १६ कात्तिक : नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । पार्टी महामन्त्री प्रदीप पौडेलले आज पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमिति अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको हो ।

    महामन्त्री पौडेलले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई १५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण बुझाउनुभयो ।

    राजनीतिक दलसम्बन्धी ऐनको दफा–५१ अनुसार महामन्त्री पौडेलले कार्यसमितिको विवरणसहित पार्टीका अन्य दस्तावेज आयोगमा बुझाउनुभयो । उहाँले कांग्रेसको विधान संशोधनसम्बन्धी विवरण, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज, समसामयिक राजनीतिक दस्तावेज तथा महाधिवेशनका निर्णयहरू आयोगलाई बुझाउनुभएको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan