Monday 2nd of November | २०८३ कार्तिक १६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बजेट गतिरोधपछि बेल्जियमका प्रधानमन्त्रीद्वारा राजीनामा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १६ सोमबार | (रासस/एएफपी)

बेल्जियमका प्रधानमन्त्री बार्ट डे वेभरले बजेट वार्ता असफल भएपछि सोमबार राजा फिलिपसमक्ष राजीनामा दिनुभएको छ । 

राजाले शुक्रबारको नयाँ बैठकपछि मात्र निर्णय गर्ने बताउनुभएको छ । फ्लेमिश प्रधानमन्त्री आगामी वर्षको सङ्घीय बजेटमा सहमति जुटाउन गठबन्धन वार्तामा अल्झिनुपरेको थियो । 

सरकारले देशको उच्च व्यापार घाटा घटाउन सन् २०२९ सम्म १० अर्ब युरो (११.६ अर्ब डलर) बचत खोजिरहेको छ । सहमति जुटाउन गरिएको सवैभन्दा पछिल्लो गठबन्धन वार्ता डे वेभरले राजीनामा दिनुभन्दा केही घण्टाअघि नै भङ्गको थियो । 

“राजाले आफ्नो निर्णय रोकेर राख्दै हुनुहुन्छ र भोलिदेखि सत्तारुढ गठबन्धनका विभिन्न दलका नेताहरूसँग छलफल सुरु गर्नुहुनेछ,” शाही वक्तव्यमा भनिएको छ।

उहाँले डे वेभरलाई शुक्रबार फेरि भेट्ने पनि उल्लेख गरिएको छ । “बेल्जियमले ‘लामो राजनीतिक सङ्कट धान्न सक्दैन,” दरबारले चेतावनीको स्वरमा भनेको छ । 

वक्तव्यमा अगाडि भनिएको छ, “राजा अब्दुल्लाहले राष्ट्रले वर्तमान चुनौतीहरू सामना गर्न सक्ने विश्वसनीय बजेट दिन नसकेकोमा दुःख व्यक्त गर्नुभएको छ। त्यसैले राजा सबैलाई जिम्मेवारीको भावना देखाउन र संलग्न सबै दललाई सामान्य हित र सम्झौताको भावनालाई प्राथमिकता दिन आह्वान गर्नुभएको छ ।”

डे वेभरले सन्  २०२५ फेब्रुअरीदेखि पाँच दलीय गठबन्धनको नेतृत्व गरिरहनुभएको छ । एक वर्षअघि पनि यस्तै बजेट गतिरोध भएको थियो र त्यतिबेला पनि डे वेभरले राजासमक्ष राजीनामा दिने इच्छा प्रकट गर्नुभएको थियो । 

सरकारले बेल्जियमको बजेट घाटा घटाउन अर्बौं बचत र नयाँ राजस्व खोजिरहेको छ । यो घाटा कुल गार्हस्थ्य (जीडीपी) को पाँच प्रतिशतभन्दा बढी छ । सरकारको योजना मुख्य रूपमा सार्वजनिक खर्च कटौतीमा आधारित छ । यसमा स्वास्थ्य सेवा खर्च घटाउने, भ्याट बढाउने प्रस्ताव पनि छन् । 

तर योजनाको एक गठबन्धन साझेदारले कडा विरोध गरेको छ । फ्रान्सेली भाषा बोल्ने उदारवादी दल एमआर थप कर वृद्धिविरुद्ध दृढ छ । उसले यसले मुद्रास्फीति बढाउने भन्दै कर वृद्धिविरुद्ध आवाज उठाएको छ। 

वार्ता ट्रेड युनियनहरूको दबाबमा भइरहेको छ । उनीहरू महिनौँदेखि मितव्ययिताका उपायविरुद्ध आन्दोलन गरिरहेका छन् । निरन्तर विरोध प्रदर्शनले हजारौँ मानिसलाई सडकमा उतारेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan