Monday 2nd of November | २०८३ कार्तिक १६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तालिबान सरकारद्वारा अमेरिकी निर्वासन योजना प्रति चिन्ता व्यक्त

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १६ सोमबार | (रासस/एएफपी)

अफगानिस्तानका तालिबान अधिकारीहरूले सोमबार वासिङ्टनले धेरै अफगान आप्रवासीहरूलाई आफ्नो देश फर्काउने उद्देश्यले पाकिस्तानमा निर्वासित गर्ने योजना बनाएको रिपोर्ट प्रति गम्भिर चिन्ता व्यक्त गरेका छन् ।

    अमेरिकी मिडिया रिपोर्ट र एक अधिवक्ताहरुको  समूहका अनुसार अमेरिकामा १५० भन्दा बढी अफगानहरूलाई पाकिस्तान हुँदै अफगानिस्तानमा निर्वासित गरिनेछ, जसमा सन् २०२१ को फिर्ती अघि अमेरिकी सेनालाई सहयोग गर्ने आफन्तहरू पनि छन् ।

    अफगानिस्तानको इस्लामिक इमिरेट्सले संयुक्त राज्य अमेरिकाले पाकिस्तानमा कानुनी निवास कागजातहरू प्राप्त गर्न नसकेका केही अफगान शरणार्थीहरूलाई निर्वासन गर्न चाहेको रिपोर्टमा गम्भीर चिन्ता व्यक्त गर्दे विदेश मन्त्रालयका प्रवक्ता अब्दुल कहार बाल्खीले  विज्ञप्ति जारी गर्नुभएको छ । 

    अधिवक्ताहरुको समूहहरूले पूर्व सहयोगीहरू र उनीहरूका परिवारलाई हटाएर उनीहरूको जीवन खतरामा पार्न सक्ने चेतावनी दिएका छन् ।

    सत्ता पुनः प्राप्त गरे पछि, तालिबान अधिकारीहरूले पश्चिमी समर्थित सेना र सरकारहरूसँग काम गर्ने अफगानहरूका लागि सामान्य माफीको घोषणा गर्दे यस वर्ष आफ्ना पूर्व शत्रुहरू सुरक्षित रूपमा घर फर्कन सक्ने जनाएका छन् ।

    यद्यपि, संयुक्त राष्ट्रसङ्घले अन्यायिक हत्या, नजरबन्द र दुव्र्यवहारका रिपोर्टहरू रेकर्ड गरेको छ ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गत वर्ष व्यापक आप्रवासन नियन्त्रणको प्रयास स्वरुप  अफगानिस्तान लगायत धेरै देशहरूका लागि यात्रा प्रतिबन्ध जारी गरेको थियो । जस अनुरुप अफगानहरूका लागि निर्वासन गर्देछ जसमध्ये केहीलाई २०२१ मा तालिबान अधिकारीहरूले कब्जा गरेपछि विशेष आप्रवासी भिसा प्रदान गरिएको थियो ।

    संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा सिधै निर्वासनको व्यवस्था गर्न नसक्ने अज्ञात अमेरिकी अधिकारीहरूले द न्युयोर्क टाइम्सलाई बताएको जनाइएको छ भने पाकिस्तानले अफगानिस्तानमा उनीहरूको निष्कासनको निरीक्षण गर्ने उल्लेख गरिएको छ ।

    हालैका वर्षहरूमा, जर्मनी र टर्कीले अफगान नागरिकहरूलाई सिधै अफगानिस्तानमा निर्वासित गरेका छन् भने मानव अधिकार समूहहरूले फर्कनेहरूले सामना गर्ने जोखिमहरूबारे चिन्ता व्यक्त गरेका छन् ।

    तालिबान अधिकारीहरूले अमेरिकालाई यस सन्दर्भमा जिम्मेवारी अपनाउन र स्पष्ट आपसी समझदारी, आवश्यक समन्वय, र सम्बन्धित व्यक्तिहरूको अधिकार तथा उनीहरुका मागहरूको सम्बोधन गरी अफगान नागरिकहरू सम्बन्धी निर्णय लिन आग्रह गर्नुभएको छ ।

    अफगान पक्ष यस सन्दर्भमा व्यावहारिक र पारस्परिक समझदारीका साथ अन्तरक्रिया गर्न तयार रहेको उहाँले थप्नुभयो । 

    यस वर्षको सुरुमा पाकिस्तान सरकारले दशकौंको युद्धमा भागेका लाखौं अफगानहरूलाई पछाडि धकेलेको वर्षौं लामो स्वदेश फिर्ती नीतिको एक हिस्साको रूपमा भिसा बिना अफगान नागरिकहरूलाई पक्राउ गर्न राष्ट्रव्यापी कानून प्रवर्तनलाई आदेश दिएको थियो । 

    तालिबान अधिकारीहरूले सत्ता कब्जा गरेपछि पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध बिग्रिएको छ भने गत अक्टोबरमा भएको घातक सीमा झडपपछि सीमा लगभग पूर्ण रूपमा बन्द भएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan