Monday 2nd of November | २०८३ कार्तिक १६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अर्थमन्त्री डा वाग्ले र पर्यावरण मन्त्री चौधरीबीच भेटवार्ता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १६ सोमबार | रासस

काठमाडौँ, १६ कात्तिकः अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीबीच भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा उहाँहरूबीच जलवायु वित्त परिचालन, हरित जलवायु कोष, अनुकूलन कोष, कार्बन वित्त तथा आगामी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-३१)को तयारीलगायत विषयमा छलफल भएको वन मन्त्रालयले जनाएको छ ।

    नेपालले अन्तरराष्ट्रिय जलवायु वित्तमा पहुँच विस्तार गर्ने, जलवायु अनुकूलन तथा हानि र नोक्सानीसम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउने र अन्तरराष्ट्रिय मञ्चमा नेपालको प्राथमिकता सशक्त रूपमा प्रस्तुत गर्ने विषयमा दुवै मन्त्रीबीच छलफल भएको छ । भेटमा जलवायु वित्त परिचालनका लागि मन्त्रालयबीच आपसी समन्वय, सहकार्य र स्रोत व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan