Monday 2nd of November | २०८३ कार्तिक १६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्पेनमा रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६९ पुग्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १६ सोमबार | (रासस/एपी)

स्पेनमा गत साता भएको तीव्र गतिको रेल दुर्घटनामा परी मृत्यु हुने ६९ जनामध्ये चार अमेरिकी र एक क्यानेडियन नागरिक रहेको अधिकारीहरूले बताएका छन् ।

    आइतबार राति अबेरसम्म प्राप्त विवरणअनुसार, दुर्घटनामा ज्यान गुमाउनेमध्ये ६६ जनाको पहिचान भइसकेको छ ।

    गत बुधबार भएको दुर्घटनामा तीव्र गतिको एउटा रेल लिकमा रोकिएको अर्को रेलसँग ठोक्किएको थियो । दुर्घटनामा मृत्यु हुने अधिकांश स्पेनी नागरिक रहेका छन् ।

    पहिचान भएका अन्य विदेशी मृतकमा फ्रान्स, जापान, अर्जेन्टिना, मेक्सिको, पोर्चुगल, ट्युनिसिया र चेक गणतन्त्रका एक–एक जना नागरिक छन् ।

    अधिकारीहरूका अनुसार तीन जना अझै बेपत्ता छन् । बेपत्तामध्ये दुई जना अस्ट्रेलियाली र एक जना जापानी नागरिक रहेका छन् ।

    टोलेडो प्रान्तमा भएको यो दुर्घटना म्याड्रिड–सेभिल रेलमार्गको दक्षिणी खण्डमा नौ महिनाअघि भएको अर्को दुर्घटनापछिको घटना हो । उक्त दुर्घटनामा ४६ जनाको मृत्यु भएको थियो । लगातार भएका यी दुर्घटनाले लामो समयदेखि गति र सुरक्षाका लागि प्रशंसा पाउँदै आएको स्पेनको रेल सञ्जालप्रतिको जनविश्वासमा असर पारेका छन् ।

    प्रधानमन्त्री पेड्रो सान्चेजले रेल प्रणालीप्रतिको विश्वास पुनः कायम गर्न दुर्घटनाको छानबिन गर्ने र आवश्यक सुधारका कदम चाल्ने प्रतिबद्धता जनाएका छन् । गत वर्ष स्पेनको रेल सञ्जालमार्फत लाखौँ पर्यटकसहित करिब चार करोड ५० लाख यात्रुले यात्रा गरेका थिए।

    नोभेम्बर २९ मा हुने आम निर्वाचनको एक महिनाअघि भएको यस दुर्घटनाले सान्चेज सरकारमाथि थप दबाब सिर्जना गरेको छ । आठ वर्षदेखि प्रधानमन्त्री रहनुभएका सान्चेज पुनः कार्यकाल लम्ब्याउने प्रयासमा हुनुहुन्छ । यसबीच उहाँको सरकारले रेल सेवाको सुरक्षा र पूर्वाधारमा गरेको लगानीबारे प्रश्न उठ्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan