Monday 2nd of November | २०८३ कार्तिक १६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्यालेस्टिनी माटोमा उनीहरूको अधिकार सुनश्चित हुनुपर्छ : राजा अब्दुल्लाह

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १६ सोमबार | (रासस/एएफपी)

प्यालेस्टिनीहरूको मातृभूमिको अधिकार पूरा नभएसम्म मध्यपूर्व क्षेत्रमा सुरक्षा हुन नसक्ने जोर्डनका राजा अब्दुल्लाह द्वितीयले सोमबार बताउनुभएको छ। 

“जबसम्म प्यालेस्टिनी जनताको आफ्नो मातृभूमिको अधिकार कायम हुँदैन हाम्रो क्षेत्रमा सुरक्षा वा स्थिरता सम्भव छैन भन्ने कुरा हामी बारम्बार दोहो¥याउँदै आएका छौँ,” उहाँले जोर्डनको संसदको उद्घाटनका क्रममा भन्नुभयो । जोर्डन इजरायल र कब्जा गरिएको वेस्ट बैङ्कको छिमेकी हो ।

जोर्डनले लामो समयदेखि दुई–राज्य समाधानको वकालत गर्दै आएको छ र सन् १९९४ मा इजरायलसँग शान्ति सम्झौता गरेको थियो । “इजरायललाई युद्धविराम उल्लङ्घन रोक्न अन्तर्राष्ट्रिय आह्वान भए पनि गाजामा मानवीय विपत्ति जारी छ। 

वेस्ट बैङ्क र जेरुसेलममा निरन्तर आक्रमण जारी छन् भने इजरायलका विस्तारवादी महत्वाकाङ्क्षा क्षेत्रको भविष्य र आशाका लागि सबैभन्दा ठूलो खतरा बनेका छन्,” राजा अब्दुल्लाहले भन्नुभयो । 

जोर्डनी नरेश अब्दुल्लाहको यो भाषण इजरायलमा संसदीय चुनाव भएको केही दिनपछि आएको हो । 

उक्त चुनावमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको पार्टीले सबैभन्दा बढी मत पाएको थियो तर अझै बहुमत पुगेको छैन । यसअघि क्षेत्रमा द्वन्द्व फेरि सुरु हुने खतरा पनि बढेको छ । संयुक्त राज्य अमेरिका र इजरायलले इस्लामिक गणतन्त्र (इरान) माथि आक्रमण दोहो¥याएमा इरानले जवाफ दिने चेतावनी दिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan