Tuesday 3rd of November | २०८३ कार्तिक १७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

थारु समुदायको भाषा, लिपि र संस्कृति संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री कार्की

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १७ मंगलबार | (रासस)
newsabhiyan

विराटनगर, १७ कात्तिक  : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले थारु समुदायको भाषा, लिपि र संस्कृति संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल लोकतान्त्रिक थारु सङ्घ सुनसरीद्वारा आज झुम्कामा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले थारु भाषा, संस्कृति, उत्थान र प्रगतिका लागि प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो ।

उहाँले कोशी प्रदेशमा सरकारी कामकाजको भाषामा थारु भाषालाई समेत समावेश गरी सरकारले ऐतिहासिक काम गरेको स्मरण गराउनुभयो ।

मुख्यमन्त्री कार्कीले विभिन्न जातजाति, धर्म, संस्कृति, खानपान र देवालयको संरक्षण गर्ने उद्देश्यले प्रदेश सरकारले कानुन ल्याउन लागेको जानकारी दिनुभयो ।

बहुभाषिक र बहुजातीय पहिचान बोकेको कोशी प्रदेशका सबै समुदायको पहिचान संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको उहाँले धारणा राख्नुभयो ।

मुख्यमन्त्री कार्कीले भन्नुभयो, “नेपालको भाषा, संस्कृति, परम्परा र सभ्यता राष्ट्रिय सम्पत्तिका हुन् । विविधताबीचको एकता नै नेपालीको समृद्धिको मूल आधार हो ।”

यसैबीच, मुख्यमन्त्री कार्कीले सुनसरीको मधेलीमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको नवनिर्मित भवन उद्घाटन गर्नुभयो ।

करिब दुई बिघा क्षेत्रफलमा फैलिएको उक्त भवनमा दुई हजार ५०० भक्तजन क्षमताको सभाहल समेत निर्माण गरिएको छ । प्रदेश सरकार, विभिन्न सङ्घसंस्था तथा दाताहरूबाट प्राप्त सहयोग र चन्दाबाट भवन निर्माण गरिएको हो ।

भवन उद्घाटन तथा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको हीरक महोत्सव समारोहमा उहाँले समाजमा मानवता, करुणा र असल संस्कारको विकासमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan