Tuesday 3rd of November | २०८३ कार्तिक १७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एनपिएलः पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १७ मंगलबार |

काठमाडौँ, १७ कात्तिकः नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ रोजेको छ । यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भइरहेको छ । 

    जारी संस्करणमा लुम्बिनी लायन्स अपराजित छ । उसले अहिलेसम्म दुई खेलमध्ये एकमा जित र एउटा खेलमा वर्षाका कारण अङ्क बाँडेको छ । पोखरा भने अहिलेसम्म जितविहीन छ । उसले दुई खेल खेल्दा जित निकाल्न नसकेको हो । पोखरा आज लुम्बिनीलाई हराएर पहिलो जित दर्ता गर्ने योजनामा छ । 

  आजै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्सले २ रनको रोमाञ्चक जित निकालेको थियो ।

    जारी संस्करणको एनपिएलमा पनि आठवटा टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेता टोलीले रु एक करोड ५० लाख पुरस्कार प्राप्त गर्ने क्यानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan