Wednesday 4th of November | २०८३ कार्तिक १८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोलिदेखि तिहारका लागि सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १८ बुधबार |
newsabhiyan

काठमाडौं, १८ कात्तिक । तिहार पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा, बबरमहलले सुनको असर्फी तथा चाँदीका मोहर बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले २.५ ग्रामका सुनका असर्फी र १० ग्रामका चाँदीका मेडालियन बिक्री गर्न लागेको हो । 

महाशाखाले जारी गरेको सूचनाअनुसार १९ र २० गते दुई दिन सुनको असर्फी तथा चाँदीका मोहर बिक्री गरिनेछ। प्रति व्यक्ति २.५ ग्रामको एक थान सुनको असर्फी तथा १० ग्रामका लक्ष्मी र गणेश अंकित चाँदीका मोहर एक-एक थान खरिद गर्न पाइने व्यवस्था गरिएको छ । एक व्यक्तिले बढीमा दुई थान मात्र खरिद गर्न सक्नेछन्।

बिक्री बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ । मौज्दात रहेसम्म पहिलो आउनेलाई प्राथमिकताका आधारमा बिक्री गरिने महाशाखाले जनाएको छ ।

असर्फी तथा मोहर खरिद गर्न नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा ती कागजातको नम्बर उल्लेख भएको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित व्यक्ति स्वयं उपस्थित हुनुपर्नेछ।

खरिदकर्ताले नगद वा क्यूआर मार्फत भुक्तानी गर्न सक्नेछन् । सुनको असर्फी तथा चाँदीका मोहरको मूल्य दैनिक रूपमा बिहान करिब ११ बजेपछि निर्धारण हुने भएकाले मूल्य निर्धारण भएपछि मात्र बिक्री प्रक्रिया सुरु हुने सूचनामा उल्लेख छ ।

तिहारमा लक्ष्मीपूजा तथा धार्मिक प्रयोजनका लागि सुनको असर्फी र चाँदीका मोहरको माग हुने भएकाले राष्ट्र बैंकले हरेक वर्ष यस्ता सामग्री बिक्री गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan