Wednesday 4th of November | २०८३ कार्तिक १८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल संवत् ११४७ मूल समारोह समिति गठन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १८ बुधबार |

काठमाडौँ, १८ कात्तिकः नेपाल संवत्को नयाँ वर्ष ११४७ भव्यताका साथ मनाउन नेवार समुदायका अगुवा सुगतरत्न कंसाकारको अध्यक्षतामा १०७ सदस्यीय राष्ट्रिय मूल समारोह समिति गठन गरिएको छ ।

मूल समारोह समिति मातहत २५ सदस्यीय व्यवस्थापन समिति र २० वटा उपसमिति  गठन गरिएको नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिद्वारा जारी प्रेस विज्ञप्ति जनाइएको छ ।

उक्त विज्ञप्तिमा यही कात्तिक २४ गते मङ्गलबार बिहान ६.३० बजे वसन्तपुरबाट सुरु हुने भिंतुना सांस्कृतिक ¥याली नगर परिक्रमापछि वसन्तपुरमा पुगेर सभामा परिणत हुने उल्लेख छ । 

नेपाल संवत्को प्रभावकारी कार्यान्वयनका लागि सरकारी कामकाजमा कार्यान्वयनको कानुनी व्यवस्था, अधिकारसम्पन्न अनुसन्धान प्रतिष्ठान, नेपाली नोट र सिक्कामा नेपाल संवत्को उल्लेख, शङ्खधर दिवसलाई राष्ट्रिय मान्यता, नेपाल संवत् प्रवर्द्धनका लागि नियमित बजेटको व्यवस्था गर्न समिति निरन्तर लागि परेको उल्लेख छ । 

 सरकार र नेपाल संवत् आन्दोलनका प्रतिनिधि सम्मिलित अनुगमन संयन्त्र स्थापना गर्न नेपाल सरकारलाई ध्यानाकर्षण विषय पनि उक्त विज्ञप्तिमा समावेश छ ।     

समितिले सातै प्रदेश सरकार, स्थानीय तह र राजनीतिक दलहरुलाई नेपाल संवत्को कार्यान्वयन र प्रवर्द्धनसम्बन्धी नीति बनाउन आग्रह गरेको छ । त्यस्तै बागमती प्रदेश सरकारलाई ऐनमा व्यवस्था भएबमोजिम नेपाल संवत् प्रयोग गर्न पनि आग्रह गरिएको छ । 

विज्ञप्तिमा भनिएको छ, “नेपाल संवत् कुनै एक समुदायको मात्र सम्पदा नभई सम्पूर्ण नेपालीको साझा राष्ट्रिय गौरव हो । नेपाल संवत् नेपालको इतिहास, राष्ट्रिय पहिचान, सांस्कृतिक स्वाभिमान र सामाजिक सद्भावले ओतप्रोत मौलिक राष्ट्रिय सम्पदा हो ।”

राष्ट्रिय विभूति शङ्खधर साख्वाःले स्थापित गरेको उक्त संवत्लाई राष्ट्रिय मान्यता दिलाउन जनस्तरबाट निरन्तर आवाज उठेपछि नेपाल सरकारले त्यसलाई केही वर्षअघि मान्यता प्रदान गरेको थियो ।

यसैबीच, न्हूदँ राष्ट्रिय समितिले नेपाल संवत् ११४७ का अवसरमा शुभकामना व्यक्त गर्दै उक्त संवत्को प्रचार, अध्ययन, प्रयोग र प्रवर्द्धनलाई जनस्तरसम्म पु–याउने अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan