Wednesday 4th of November | २०८३ कार्तिक १८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘चाडपर्वमा विद्युत् आपूर्ति निर्वाध सुनिश्चित गर्नुपर्ने’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १८ बुधबार | (रासस)

काठमाडौँ, १८ कात्तिकः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चाडपर्वमा विद्युत् आपूर्ति निर्वाध रुपमा सुनिश्चित गर्न निर्देशन दिनुभएको छ । त्यसलगत्तै सुरु हुने सुख्खायामको विद्युत् व्यवस्थापनका लागि पूर्वतयारी तथा योजनाबद्ध कामलाई प्राथमिकतामा राख्न समेत उहााले मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

    मन्त्री श्रेष्ठले आज प्राधिकरण सञ्चाल समितिको बैठक अघि कार्यकारी निर्देशक तथा कर्मचारीहरुलाई तिहार तथा छठ पर्वमा विद्युत् आपूर्ति नियमित र अवरोधरहित बनाउन चाडपर्वको समयमा हुने विद्युत् माग र आपूर्तिको पूर्वानुमान तथा विश्लेषण गरी आवश्यक व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ । चाडपर्वका समयमा विद्युत् खपत बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै मागअनुसार पर्याप्त विद्युत् उपलब्ध हुने र कुनै पनि क्षेत्रमा अनावश्यक विद्युत् अवरोध हुन नदिने व्यवस्था मिलाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

    त्यसैगरी, आगामी सुख्खायाममा विद्युत् आपूर्तिलाई भरपर्दो र नियमित बनाउन आन्तरिक उत्पादन तथा विद्युत् आयातको सम्भावना समेत विश्लेषण गर्न मन्त्री श्रेष्ठले प्राधिकरणलाई निर्देशन दिनुभएको छ । उहाँले सुख्खायाममा हुन सक्ने माग र उपलब्ध विद्युतको अवस्थाको यथार्थ मूल्याङ्कन गरी आपूर्ति व्यवस्थापनका लागि तत्काल चाल्नुपर्ने कदमसहित आगामी बैठकमा विस्तृत कार्ययोजना पेस गर्न निर्देशन दिनुभएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan