Monday 16th of November | २०८३ कार्तिक ३० सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आमायाङ्ग्रीमा आध्यात्मिक, साहसिक र सांस्कृतिक पर्यटन यात्रा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३० सोमबार | (रासस)

सिन्धुपाल्चोक, ३० कात्तिकः हेलम्बुस्थित धार्मिक तथा पर्यटकीय गन्तव्य आमायाङ्ग्रीमा ‘आध्यात्मिक, साहसिक तथा सांस्कृतिक पर्यटन यात्राः योगी यात्रा, आरोग्य खोजी’ कार्यक्रम  सम्पन्न भएको छ ।

    प्रकृति, अध्यात्म, योग, ध्यान, स्वास्थ्य तथा नेपाली मौलिक कला र संस्कृतिलाई पर्यटनसँग जोड्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा योग अभ्यास, ध्यान, साउन्ड हिलिङ तथा विभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएको थियो ।

    न्यू भिजन नेपालको आयोजनामा, काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन विभागको सहयोग तथा हिमालयन वेलनेस फाउन्डेसनको सहकार्यमा सम्पन्न  कार्यक्रममा ४१ जनाको सहभागिता  थियो ।

    कार्यक्रममा योगी अशोक शर्मा भट्टले योग अभ्यास गराउनुभएको थियो भने उहाँकै नेतृत्वमा साउन्ड हिलिङ तथा ध्यान सत्र सञ्चालन गरिएको थियो । कार्यक्रममा न्यू भिजन नेपालका महासचिव रूपक अर्याल र देवन श्रेष्ठले पनि योग तथा ध्यान अभ्यासमा सहभागीहरूलाई साथ दिनुभएको थियो ।

    त्यसैगरी, नेपाली मौलिक कला र नेवारी संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएको थियो । सबनम खड्गीले मञ्जुश्री नृत्य प्रस्तुत गर्नुभएको थियो भने राजमती महर्जनले कुमारी नृत्य प्रस्तुत गर्नुभएको थियो । साथै राजमती महर्जन, रेन्सी सिलवाल र पूजा खड्गीले नेवारी सांस्कृतिक नृत्य प्रस्तुत गर्नुभएको थियो ।

    आमायाङ्ग्रीको प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र आध्यात्मिक वातावरणमा सम्पन्न यस यात्राले सहभागीहरूलाई योग, ध्यान, आत्मचिन्तन तथा सांस्कृतिक पहिचानसँग जोडिने अवसर प्रदान गरेको जनाइएको छ ।

    कार्यक्रमले नेपालको प्राकृतिक सम्पदा, धार्मिक स्थल, मौलिक संस्कृति र आध्यात्मिक पर्यटनलाई एकैसाथ जोड्दै स्वस्थ जीवनशैली र आरोग्य पर्यटनको सम्भावनालाई उजागर गरेको आयोजकले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan