Tuesday 17th of November | २०८३ मङ्सिर १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दाङका किसान आलु रोप्न व्यस्त

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १ मंगलबार | रासस
newsabhiyan

 

तुलसीपुर ९दाङ०, १ मङ्सिरः दाङका  किसान व्यावसायिक तथा घरायसी आलुखेतीमा व्यस्त छन् । राप्ती गाउँपालिका–२ कटाहाका किसान दिलबहादुर चौधरीका अनुसार अहिले रोपिएको आलु आगामी पुससम्म फलिसक्छ ।

 

स्थानीय बजारमा आलुको निकै माग हुने गरेको उहाँले बताउनुभयो । “बजारमा आलुको माग निकै छ”, उहाँले भन्नुभयो, “त्यसैले हामी अहिले आलु उत्पादनमा लागेका छौँ ।” आलुखेतीमा समयको व्यवस्थापन र मलजलको प्रयोगले उत्पादनमा ठूलो फरक पार्ने स्थानीय किसान श्यामेस चौधरीले बताउनुभयो । मौसम अनुकूल रहेमा र आवश्यक स्याहार पुगेमा उलेख्य उत्पादन लिन सकिने उहाँले बताउनुभयो । 

 

“राम्रो स्याहार पाएमा एउटै बोटबाट एक किलोसम्म आम्दानी लिन सकिन्छ, कुनैमा अझ बढी पनि हुन्छ”, उहाँले भन्नुभयो, “आलु रोपेपछि समयसमयमा मलजल राख्ने, गोडमेल गर्ने र आवश्यक परे किरा तथा रोगबाट बचाउन औषधिमुलो छर्किनुपर्छ ।”

आलु उत्पादनको पकेट क्षेत्रका रुपमा परिचित सो क्षेत्रका अधिकांश किसान व्यावसायिक रुपमा लागेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan