Friday 27th of November | २०८३ मङ्सिर ११ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्रोत नखुलेको रकम सहित दुई जना चिनियाँ नागरिकहरू पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ११ शुक्रबार |
newsabhiyan

सिन्धुपाल्चोक, ११ मंसिर : भोटेकोशी गाउँपालिका-२ बाट स्रोत नखुलेको १६ लाख ६ हजार ८ सय नेपाली रूपैयाँ र ६६ हजार ९ सय ५० युआन सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चिनियाँ नागरिकहरू ५१ वर्षीय CIRENOU OJI र ४३ वर्षीय WUJIANDUOJI रहेका छन् ।

इलाका प्रहरी कार्यालय कोदारी समेतबाट खटिएको प्रहरीले कोदारीबाट काठमाडौंतर्फ जाँदै गरेको बिएसी ५२९३ नम्बरको स्कारपियोलाई जाँच गर्ने क्रममा उक्त रकम फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।      

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan