Friday 27th of November | २०८३ मङ्सिर ११ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एन आई सी एशिया बैंकद्वारा विद्यालयहरुलाई फर्निचर र प्रिन्टर सहयोग प्रदान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ११ शुक्रबार |
newsabhiyan

काठमाडौं, ११ मंसिर । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत तिलोत्तमा नगरपालिका–०२, शंकरनगर, रुपन्देहीस्थित श्री शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालय र शिखर नगरपालिका–०४, बनोली, डोटीस्थित श्री काफलेश्वर आधारभूत विद्यालयमा पठनपाठनलाई सघाउँदै गुणस्तरीय शिक्षा प्राप्त गर्न अझ सहज होस् भन्ने उद्देश्यले फर्निचर र प्रिन्टर सहयोगहरु प्रदान गरेको छ ।

७६२ भन्दा धेरै विद्यार्थीहरु अध्ययरत श्री शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालयमा मिति २०८३ मंसिर १० गते आयोजित एक विशेष कार्यक्रमका बीच यस बैंकका चिफ बिजनेस अफिसर रिटेल बिजनेस अमित के.सी. र बुटवल सर्कल हेड राजन प्रसाद पोख्रेलले संयुक्तरुपमा उक्त विद्यालयका प्रधानाध्यापक चण्डी प्रसाद पाण्डेलाई २० सेट डेक्स तथा बेन्च हस्तान्तरण गर्नुभयो ।

त्यसैगरी ६२ भन्दा धेरै विद्यार्थीहरु रहेको श्री काफलेश्वर आधारभूत विद्यालयमा मंसिर ९ गते आयोजित एक विशेष कार्यक्रमका बीच यस बैंकका दिपायल शाखा अपरेसन इन्चार्ज नन्द राज भट्ट र रिलेसनसिप म्यानेजर रमेश नेपालीले संयुक्त रुपमा उक्त विद्यालयका प्रधानाध्यापक दम्मारी साउदलाई प्रिन्टर प्रदान गर्नुभयो ।

बैंकले उक्त विद्यालयहरुलाई उपलब्ध गराएको सहयोगले विद्यार्थीहरुको पठनपाठनमा सहजता हुनुको साथै गुणस्तरीय शिक्षा प्राप्त गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan