Friday 27th of November | २०८३ मङ्सिर ११ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दशौँ राष्ट्रिय खेलकुदः फुटबलमा कोशी प्रदेश विजयी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ११ शुक्रबार |

कर्णाली, ११ मङ्सिरः दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा कोशी प्रदेश विजयी भएको छ । 

कर्णाली प्रदेश रङ्गशाला सुर्खेतको वीरेन्द्रनगरमा आज भएको खेलमा कोशीले लुम्बिनी प्रदेशलाई ४–१ गोलअन्तरले हराउँदै विजयी सुरुआत गरेको हो ।

कोशीका लागि मिलन राईले खेलको १२औँ मिनेट र ३२औँ मिनेटमा दुई गोल गरेका थिए । यस्तै अमित सन सतारले खेलको १४औँ मिनेट तथा सौरभ लिम्बूले ६४औँ मिनेटमा गोल गरेका थिए ।

यस्तै लुम्बिनीका लागि एकमात्र गोल खेलको ५९औँ मिनेटमा फागुराम चौधरीले गरेका थिए । कोशीका खेलाडी प्रकाश भुजेल खेलको ५८औँ मिनेटमा रातोकार्ड पाएर बाहिरिएपछि कोशी प्रदेश १० खेलाडीमा सीमित भएको थियो ।

पहिलो खेलमा बागमतीसँग बराबरी गरी एक अङ्क पाएको कोशीले लुम्बिनीलाई हराएपछि चार अङ्क प्राप्त गरेको छ । त्रिभुवन आर्मीसँग पहिलो खेलमा पराजित भएको लुम्बिनी कोशीसँग पनि हारेपछि अङ्कविहीन भएको छ । आजै बागमती र त्रिभुवन आर्मी क्लबबीच अर्को खेल हुँदैछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan