Wednesday 25th of November | २०८३ मङ्सिर ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

महिला बास्केटबलमा सुदूरपश्चिम क्वाटरफाइनलमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ९ बुधबार |

काठमाडौँ, ९ मङ्सिरः दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलको फुल कोर्टमा सुदूरपश्चिम प्रदेश क्वाटरफाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिम समूह ‘बी’ को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । 

    सुर्खेतस्थित कर्णाली प्रदेश रङ्गशालामा भएको खेलमा सुदूरपश्चिमले मधेस प्रदेशलाई ४७–३ अङ्कले पराजित गरयो । सुदूरपश्चिमको जितमा सन्जु घिसिङले १४ अङ्क जोडिन । सुदूरपश्चिमले चारै क्वाटरमा क्रमशः २०, ११, ४ र १२ अङ्क बटुल्यो । दोश्रो क्वाटरमा ३ अङ्क जोडेको मधेस बाँकी क्वाटरमा अङ्कविहीन रह्यो ।

    समूह ‘ए’ को अर्को खेलमा दिभा महर्जनको २० अङ्कको सहयोगमा नेपाल पुलिसले कर्णाली प्रदेशलाई ५२–१९ अङ्कले हरायो । पहिलो क्वाटरमा ८–० अङ्कले पछि परेको पुलिसले बाँकी क्वाटरको नतिजा आफ्नो पक्षमा पार्दै जित सुनिश्चित गरयो ।

    पुलिसले दोश्रो क्वाटरमा २०–३, तेश्रोमा १०–५ र चौथोमा १८–३ अङ्क पायो । उक्त समूहमा एपिएफ क्लब र कर्णालीबीचको खेलको नतिजाले क्वाटरफाइनल पुग्ने टोलीको टुङ्गो लाग्ने छ ।

    थ्री अन थ्रीमा नेपाल आर्मीले क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो । आर्मीले कोशी प्रदेशलाई १३–८ अङ्कले पाखा लगायो । आर्मीकी दिब्यान्सी कार्कीले ६ अङ्क बटुलिन । तीन टोली सहभागी रहेको समूह ‘ए’ विजेता हुँदै आर्मी क्वाटरफाइनलमा पुग्न सफल भएको हो ।

    समूह ‘बी’ बाट बागमती पनि विजेताका हैसियतले क्वाटरफाइनलमा स्थान पक्का गर्न सफल रह्यो । बागमतीले मधेसलाई ८–३ अङ्कले हरायो । बागमतीकी आरुषा महर्जनले ४ अङ्क बटुलिन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan