ढोरपाटनमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार
बागलुङ, १२ मङ्सिरः जिल्लाको पर्यटकीय क्षेत्र ढोरपाटनमा केन्द्रीय विद्युत्् प्रसारण लाइन विस्तार भएको छ ।
ढोरपाटन उपत्यका गएको बिहीबारदेखि केन्द्रीय विद्युत्् प्रसारण प्रणालीमा जोडिएको छ । बुर्तिबाङदेखि ढोरपाटनको नवी हुँदै छेन्तुङसम्म विस्तार गरिएको ११ केभी विद्युत्् प्रसारण लाइन नियमित सञ्चालनमा आएको नेपाल विद्युत्् प्राधिकरण बागलुङ वितरण शाखा प्रमुख दिलिप मरासिनीलेले जानकारी दिनुभयो ।
नेपाल विद्युत्् प्राधिकरणको रु १८ करोड लागतमा निर्माण गरिएको उक्त प्रसारण लाइन करिब ३५ किलोमिटर लामो छ । लाइन विस्तारको काम सम्पन्न भए पनि विभिन्न प्राविधिक समस्याका कारण विद्युत्् सञ्चालनमा आउन सकेको थिएन । प्रसारण लाइनको आवश्यक मर्मत तथा विभिन्न प्राविधिक समस्या समाधानपछि विद्युत्् सेवा सञ्चालनमा आएको छ ।
वितरण केन्द्रले सम्बन्धित निकायसँग समन्वय गरी प्राविधिक समस्या समाधान तथा आवश्यक मर्मत गरेपछि विद्युत्् आपूर्ति सुरु हो । ढोरपाटनमा विद्युत्् पुगेपछि यहाँको जनजीवन सहज हुने ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष खिमबहादुर घर्तीमगरले बताउनुभयो । लघुजलविद्युत्् र सोलारमा निर्भर ढोरपाटन उपत्यकामा मौसममा खराबी आउँदा सञ्चार सम्पर्कसमेत विच्छेद हुँदै आएको थियो ।
बुर्तिबाङ सबस्टेसनको ११ केभी बुर्तिबाङ फिडरअन्तर्गत रहेको उक्त प्रसारण लाइन सञ्चालनमा आएसँगै बोबाङ, फल्लेघर, देउराली, नवी हुँदै छेन्तुङसम्मका करिब १३ वटा ट्रान्सफर्मर चार्ज भएका छन् । त्यससँगै उक्त क्षेत्रका उपभोक्ताले राष्ट्रिय प्रसारण प्रणालीको विद्युत्् उपभोग गर्न पाउने भएका छन् ।
वितरण केन्द्रका प्रमुख मरासिनीका अनुसार अब उक्त क्षेत्रका उपभोक्ताले विद्युत्् जडानका लागि जुनसुकै समयमा पनि बुर्तिबाङस्थित नो लाइट शाखामार्फत आवेदन दिन सक्नेछन् । ढोरपाटनमा विद्युत् पुगेपछि अन्धकार रहेको निसेलढोरमा विद्युत् पु¥याउने बाटो खुलेको छ । विद्युत् सञ्चालनमा आएसँगै ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्रमा लामो समयदेखि देखिँदै आएको न्यून भोल्टेजको समस्या समाधान भएको छ । केन्द्रीय विद्युत्को पहुँचमा तीन हजार मिटरको उचाईमा रहेको ढोरपाटन पुगेपछि स्थानीय बासिन्दाको जनजीवन, पर्यटन, उद्योग तथा आर्थिक गतिविधिमा सहज हुनेछ । ढोरपाटनमा बर्सेनि पर्यटकको सङ्ख्यामा वृद्धिभएपछि विद्युत्को माग बढ्दै गएको छ । त्यस क्षेत्रमा गत आर्थिक वर्षमा ३७ हजार पर्यटक पुगेका थिए ।
