Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सरकार लाचार - ग्यास डिपोहरु बन्द अबस्थामा

महासंघको आपत्ति

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan

काठमाण्डौ । नेपाल ग्यास विक्रेता महासंघले इन्धनको आपूर्तिका लागि सरकारले विकल्प खोज्न नसकेको भन्दै कडा आपत्ति जनाएको छ । महासंघले सोमबार मिडिया इन्टरनेसनलमा पत्रकार सम्मेलन आयोजना गरी बजारमा कहीँ कतै ग्यास नहुँदा पनि सरकार निकम्मा भएको भन्दै तत्कालै ग्यास र इन्धनका लागि वैकल्पीक बाटो खुल्ला गर्न आग्रह गरेको छ ।

पत्रकार सम्मेलनमा महासंघका निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्यालले इन्धनको अभाव चरमचुलीमा पुग्दा पनि सरकार लाचार भएको भन्दै सरकार सामान्य अबस्थामै रहनु दुखद भएको बताए । उनले अभावकै कारण बजारमा ग्यास आपूर्ति गर्न नसकिएको उल्लेख गर्दै ग्यास विक्रि डिपोहरु बन्द रहेको बताए ।

‘भारतले नाकाबन्दी खोलीदिएला र अनि ल्याउँला भन्दै कतिदिनसम्म बस्छ सरकार जनताको घरमा चुलो निभिसक्यो सरकारले बैकल्पीक बाटो किन दिन सकेन ?’ उनले भने –‘तत्कालै अन्य मूलुकबाट ल्याउने व्यबस्था मिलाउन सरकारले पहल गर्नुपर्छ, ढिलो भइसकेको छ ।

’ बजारमा ग्यास आपूर्ति नहुँदा सर्वसाधारण मर्कामा परेको उनले बताए । ग्यास विक्रेता महासंघका अनुसार ग्यास अभाव चरम अबस्थामा पुगेको छ । हाल भित्रिने गरेको ग्यासको मात्रा अत्यन्तै न्यून भएको र यसको विक्रि प्रणाली पनि नमिलेको महासंघले बताएको छ ।

ग्यास अभावमा हस्पीटल, होटल लगायतका क्षेत्रहरु प्रभावित भएका छन् भने अन्य इन्धनको अभावले यातायात, उद्योग व्यापार ठप्पप्राय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan