Thursday 15th of October | २०८३ असोज २९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आशिर्वादको ‘मोहनी लगायो कान्छीले’ मा आश्मा

न्यूजअभियान | प्रकाशित मिति : २०८२ माघ २९ बिहीबार |
newsabhiyan

काठमाडौं । गायक आशिर्वाद सुवेदी र चर्चित गायिका एलिना चौहानको सुमधुर स्वरमा रहेको नयाँ रोमान्टिक गीत ‘मोहनी लगायो  कान्छीले’ सार्वजनिक भएको छ।

प्रेम  र आकर्षणको भाव बुनिएको यस गीतलाई गायक  सुवेदीको  युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

गीतमा शब्द तथा संगीत बसन्त सापकोटाको रहेको छ।

बसन्त स्वयं संगीतकारका रूपमा स्थापित नाम हुन् र यस गीतमा पनि उनले सरल तर आकर्षक शब्दमार्फत प्रेमको अनुभूति पस्केका छन्। संगीत संयोजन उदयराज पौडेलले गरेका हुन्।

उत्तम हुमागाईंले छायांकन गरेको  भिडियोमा आश्मा विश्वकर्मा र प्रभात पाल ठाकुरीको क्युट केमेस्ट्री देख्न सकिन्छ। म्युजिक भिडियोको  निर्देशन हरि हुमागाईंले गरेका हुन्।  

पप-लोक शैलीको यो गीतमा प्रेमीले आफ्नो प्रेमिकाको रूप र स्वभावले आफू मन्त्रमुग्ध भएको कथा पस्किएको छ।

सार्वजनिक हुनासाथ सकारात्मक प्रतिक्रिया पाइरहेको यो भिडियोले  टिकटक र युट्युबमा राम्रो चर्चा कमाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan