गायक हसन राइको गीत 'दशैं आयो ' सार्वजनिक
काठमाडौँ । नेपालीहरुको महान चाड बडादशैँ आइतबारबाट सुरु भैसकेको छ भने बजारमा दशैँको चहलपहल सुरु संगै धेरै स्कुलहरुले दशैको बिदा दिईसकेका छन् ।
यस्तै नेपाली सांगीतिक क्षेत्रलाई पनि दशैँ लागिसकेको छ अहिले दशैँ सम्बन्धी धेरै गीतहरुको रेकर्ड ,म्युजिक भिडियो सुटिङ देखि सार्वजनिक गर्ने क्रम बढेको छ यस्तैमा बरिस्ठ गीतकार डा.कृष्णहरि बरालको शब्द र चर्चित संगीतकार महेश खड्काको संगीत रहेको दशैँ गीत 'दशैं आयो ' शुक्रबार सार्वजनिक भएको छ ।
पछिल्लो समयकी लोकप्रिय गायिका अनु चौधरी र गायक हसन राइको सुमुधुर स्वरमा रहेको 'दशैं आयो ' गीतलाई सुनिल राईको एरेन्ज रहेको छ ।
नेपाली गीत-सङ्गीतको प्रवर्द्धन, भिडियो उत्पादन तथा वितरणका लागि सक्रिय लुङ्गटो कृयसनको अफिसियल युट्युब च्यानल ( Lungto Creation ) बाट सार्वजनिक गीतको भिडियोमा कलाकार लक्ष्मी बर्देवा र प्रभातपल ठकुरीको अभिनय रहेको छ ।
गायक हसन राईले यसअघि १ महिना अघि मात्र आफ्नै जिल्लाबासी संगीतकार महेश खड्का संगको सहकार्यमा 'खोर्सानी खायो मैनाले' गीत ल्याएका थिए ।
उनको त्यो बुट्टे झोली ,मखमली चोली ,आखैमा लाउनु पर्दैन ,पैसा की बैस ,यी आखालाई लगायत दर्जनौ गीत आइसकेका छन् ।
गायक राइले सार्वजनिक भएसँगै यस गीतले पनि सामाजिक सञ्जाल तथा डिजिटल संगीत प्लेटफर्ममा राम्रो चर्चा बटुल्न थालेको जानकारी दिनु भयो ।
