Monday 3rd of August | २०८३ श्रावण १८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १५ शुक्रबार |

गण्डकी, १५ साउनः गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयकलाई सर्वसम्मत रुपमा पुनः पारित गरेको छ । 

    यसअघि गत असार २५ गते प्रदेशसभा बैठकबाट पारित उक्त विधेयकलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रमाणीकरण नगरी गत शुक्रबार सन्देशसहित पुर्नविचारका लागि प्रदेशसभामा फिर्ता पठाउनुभएको थियो । 

    आजको बैठकमा उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले उक्त विधेयकमाथि पुर्नविचार गरियोस् भन्ने प्रस्ताव प्रदेशसभामा पेश गर्नुभएको थियो । प्रदेशसभा सदस्य प्रकाश बराल, देवका पहाडी त्रिपाठी, हरिबहादुर भण्डारी, फणिन्द्र देवकोटालगायतले उक्त प्रस्तावमाथिको छलफलमा भाग लिनुभएको थियो । प्रदेशसभा सदस्यहरुले प्रदेशसभाले आफ्नो स्वतन्त्र विधायकी अधिकार प्रयोग गरेर गरेर विधेयक निर्माण गरेको बताउनुभएको थियो । 

    पुरानो सङ्घीय कानुनको व्यवस्था देखाएर विसं २०७२ को संविधान अनुसार गठित प्रदेश सरकारले बनाएका कानुन रोक्न नहुनेमा उहाँहरुको जोड थियो । मौजुदा विधेयकमाथिको छलफलपछि मन्त्री रिमालले उक्त विधेयकलाई प्रस्तुत रुपमै पारित गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो । 

    सभामुख कृष्णप्रसाद धितालले बैठकमा निर्णयर्था पेश भएको उक्त प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको घोषणा गर्नुभएको थियो । उक्त विधेयकलाई प्रमाणीकरणका लागि पुनः प्रदेश प्रमुखको कार्यालयमा पठाइने प्रदेशसभा सचिवालयले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan