Monday 3rd of August | २०८३ श्रावण १८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १६ शनिबार |

गण्डकी, १६ साउनः पोखरा महानगरपालिका–१८ चिसाखोलाका विभिन्न खाजाघरमा बालिकालाई अनैतिक कार्यमा लगाएको आरोपमा प्रहरीले चार महिलालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१८ बस्ने ४२ वर्षीया मनदेवी क्षेत्री, ४१ वर्षीया इन्द्रा लामा, ४५ वर्षीया टिकामाया तामाङ र ४० वर्षीया मिनकुमारी गुरुङ रहेका छन् । उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अदालतबाट शुक्रबार सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो । 

आर्थिक अवस्था कमजोर भएका बालिकालाई विभिन्न प्रलोभन देखाई अनैतिक कार्यमा लगाउने गरेको सूचनाका आधारमा प्रहरीले ती महिलालाई पक्राउ गरेको हो । उक्त स्थानबाट एक बालिकाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan