Monday 3rd of August | २०८३ श्रावण १८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

शेखरले एसियाली आइटीएफमा खेल्ने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १५ शुक्रबार |

काठमाडौँ, १५  साउनः शेखर थापाले ११औँ एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । दुई स्पर्धामा उनले पुरुष ६५-७० केजी तौल समूह र चौथो डान प्याटर्नमा नेपालको चुनौती पेस गर्ने छन् ।

    मङ्गोलियाको उलानबाटारमा अगष्ट ३ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुन शेखरसहित ती सदस्यीय टोली आइतबार त्यसतर्फ प्रस्थान गर्नेछ ।

    अफिसियलका रूपमा नेपाल अन्तरराष्ट्रिय तेक्वान्दो महासङ्घ (आइटिएफ) का अध्यक्ष प्रवीणकुमार कार्की र महासचिव घमबहादुर थापा सहभागी हुनेछन् । दुवैले प्रतियोगिता दौरान हुने कोंग्रेस र अम्पायर कोर्षमा पनि सहभागिता जनाउने छन् ।

    महासचिव थापा भने स्वास्थ्यका कारण बिदाइमा उपस्थित थिएनन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले आज यहाँ आयोजित एक कार्यक्रमबीच बिदाइ गरेका हुन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan