Monday 3rd of August | २०८३ श्रावण १८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अन्तरविद्यालय टेबलटेनिस सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १५ शुक्रबार |

ललितपुर :  सेन्ट जेभियर्स विद्यालय, जावलाखेलको आयोजनामा फादर्स जेम्स ई. च्याम्बर्स स्मृति अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता–२०२६ शुक्रबार सम्पन्न भएको छ ।  

प्रतियोगितामा काठमाडौं उपत्यकाका २६ विद्यालयका २ सय १० खेलाडी सहभागी भएका थिए । विभिन्न उमेर समूहमा प्रतिस्पर्धा गराइएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै निम्न खेलाडीहरू च्याम्पियन बने ।  

यू–१० छात्रमा मिपाङ थापा (लाइफ स्कूल), यू–१० छात्रामा सुप्रिया खड्गी (भास्सरा स्कूल), यू–१२ छात्रमा शिवांश खत्री (बृहस्पति स्कूल), यू–१२ छात्रामा आभा प्रधान (आरम्भ स्कूल), यू–१४ छात्रमा विशाल बस्नेत (प्रिमियर इन्टरनेसनल आईबी कन्टिनुअम स्कूल), यू–१४ छात्रामा आरोही सुवाल (प्रभात स्कूल), यू–१६ छात्रमा सुगम पौडेल    (प्राइम स्कूल) र यू–१६ छात्रामा एमरिन महर्जन (फ्युचर स्टार स्कूल) पहिलो भए ।

प्रतियोगिता संयोजक विपुल महर्जन रहेका थिए । उनी सेन्ट जेभियर्स विद्यालय, जावलाखेलका टेबलटेनिस प्रशिक्षक हुनुका साथै नेपाल प्रहरी क्लबका राष्ट्रिय खेलाडी पनि   हुन् ।  प्रतियोगिताले विद्यालयस्तरमा टेबलटेनिस खेलको विकास, विद्यार्थीहरूबीच स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि तथा नयाँ प्रतिभावान खेलाडीको पहिचान गर्न योगदान पु¥याएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan