Monday 3rd of August | २०८३ श्रावण १८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

न्याथम ईन्दोर क्रीकेट च्याम्पियनसीप २०२६ हुने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १५ शुक्रबार |

काठमाडौँ : नेपाल एकेडेमी अफ टुरिजम, होटल एण्ड माउन्टेनियरिङले “न्याथम ईन्दोर क्रीकेट च्याम्पियनसीप २०२६“ आयोजना गर्ने भएको छ ।

प्रतियोगिता भाद्र ९ गते देखि भाद्र ११ गते सम्म काठमाडौकोन भेलोसिटी क्रिकेट एरिनामा हुनेछ।

प्रतियोगितामा देशभरका स्नातक तहका १६ कलेज टोली सहभागी हुनेछन्। प्रतियोगिता समूह चरण र त्यसपछि नकआउट चरणको आधारमा सञ्चालन गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले रु. ८०,००० तथा उपविजेताले रु. ४०,००० नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै प्लेयर अफ द टुर्नामेन्ट, बेस्ट ब्याट्सम्यान र बेस्ट बलर लाई पनि विशेष व्यक्तिगत पुरस्कार प्रदान गरिनेछ।

यस प्रतियोगिताको मुख्य उद्देश्य कलेजस्तरीय क्रिकेट खेलाडीहरूलाई प्रतिस्पर्धात्मक मञ्च उपलब्ध गराउनुका साथै कलेजहरूबीचको सहकार्य तथा सम्बन्धलाई थप मजबुत बनाउनु रहेको आयोजकले जनाएको छ।

प्रतियोगिताको दर्ता पहिलो आउने, पहिलो प्राथमिकताको आधारमा खुला गरिएको छ। सीमित १६ टोली मात्र सहभागी हुने भएकाले इच्छुक कलेजहरूलाई समयमै दर्ता गराउन आग्रह गरिएको छ।

प्रतियोगिताका प्राविधिक निर्देशक रबिन्द्र गुप्ताले न्याथम ईन्दोर क्रीकेट च्याम्पियनसीप २०२६ ले कलेजस्तरका क्रिकेट खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

उनले प्रतियोगितालाई केवल उपाधिको प्रतिस्पर्धा मात्र नभई अनुशासन, खेलभावना, नेतृत्व क्षमता र टोलीभावनाको विकास गर्ने महत्वपूर्ण मञ्चका रूपमा लिइएको बताए। “हामी सहभागी सबै टोलीलाई निष्पक्ष, व्यवस्थित र उच्चस्तरीय प्रतिस्पर्धाको अनुभव दिलाउन प्रतिबद्ध छौं। यो प्रतियोगिताले नयाँ प्रतिभाको पहिचान गर्नुका साथै नेपाली क्रिकेटको भविष्य निर्माणमा सकारात्मक योगदान पु¥याउने विश्वास लिएका छौं,“ गुप्ताले बताए।

प्रतियोगितालाई थप आकर्षक बनाउन प्रत्यक्ष प्रसारण, फुड स्टल, मनोरञ्जनात्मक कार्यक्रमहरू पनि सञ्चालन गरिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan