मन्त्री ज्यू- तपाईंको जवाफ मलाई त पचेन, बरु तपाई प्रति नै दया जाग्यो ! 'के तपाईंले गर्वका साथ जवाफ दिनु भएको हो ?'
काठमाडौं, १७ साउन । यूरोपियन मुलुक फ्रान्समा आफ्ना अभिभावकसँग बसोबास गर्दै आएकी ११ वर्षिया मिगिना कार्की थापाले बडो संघर्ष अनी तनावका साथ राहदानी प्राप्त गरेर हिजो साँझ त्यतातर्फ फर्कीएकी छिन् ।
सायद, यो पोष्ट सार्वजनिक हुँदासम्म उनी पेरिस पुगिसकेकी हुनेछिन् । तर, उनले आफ्नै मुलुकमा आएका बेला सुविधाजनक ढंगबाट नविकरण गराउन खोजेको राहदानी प्राप्त गर्न गर्नु परेको संघर्ष एवम् भोग्नु परेको तनावका सन्दर्भमा भनिसाध्य छैन, लेखेर त के साध्य होस् । यसबारे अघिल्लो पोष्टमार्फत संक्षिप्त विवरण सार्वजनिक भैसक्यो ।
सोही पोस्टमा बडो गर्वका साथ मिगिनाले राहदानी प्राप्त गरेको सन्दर्भ हाम्रो मुलुकका परराष्ट्रमन्त्री शिशिर खनालले पोस्टमै कमेन्ट गरेर सार्वजनिक रुपमै जवाफ दिनु भएको छ ।
अरुहरुलाई त्यो कमेन्ट कस्तो लाग्यो कुन्नी ? मलाई नै सम्वोधन गरेर लेखिएको कमेन्ट पढ्दै गर्दा मलाई नै लाजले भुतुक्कै पार्यो, मन्त्रीजी प्रति दया समेत जागेर आयो ।
कठ्ठै हाम्रा देशका परराष्ट्रमन्त्री हो, आकस्मीक रुपमा बनाउन खोजेको राहदानी सकरात्मक पहलका साथ बनिदिएको भए, धन्यवाद मात्रै होइन, प्रशंसाको वर्षा चलाउन हुन्थ्यो ।
तर, राहदानी वापत ३ दिने सुविधा प्राप्त गर्न १२ हजार बुझाएर पनि एक हप्तामा राहदानी लिनु छ, त्यसमा पनि राहदानीको अवधि र एक्स्पायर डेटमा गडवढी देखिन्छ ।
त्यो राहदानी विभागको आफ्नै गल्ती कमजोरी पनि सेवाग्राहीले सास्ती भोग्नु पर्ने ? अझै २ १० बजे राहदानी प्राप्त गरेको, ६ बजेको फ्लाईट, गन्तब्यतर्फ जान प्रशस्त समय त्यस्तो कमेन्ट गर्न मन्त्री जीलाई लाज लाग्नु पर्ने होइन ?
आफ्ना कर्मचारी, आफू मातहतको विभागबाट भएको गल्ती कमजोरी ढाकछोपमा मन्त्री खनाल लागेको प्रस्ट देखिन्छ । देशभित्रकै आन्तरिक यात्राका लागि त समयको ख्याल गरिन्छ, विदेश त्यो पनि उतैको स्थायी बसाइँ ।
जाने दिनको अन्तिम क्षणसम्म हातमा राहदानी परेको छैन, जुन विदेश जानका लागि पहिलो अती आवश्यक डकुमेन्ट हो । राहदानीको सट्टा भर्ना हुन सक्दैसक्दैन । आफूसँग त्यही राहदानी छैन भने यात्राको तयारी अघि बढाउने कसरी ?
सोमबार बायोमेट्रिक गरेर राहदानी तयार भएको मोवाइलमा म्यासेज कुरी बसेका मिगिनका आमाछोरी बिहीबारसम्म म्यासेज नआएपछि अपराह्न राहदानी विभाग पुग्दा राहदानी बनेको जानकारी पाए, राहदानी पनि बुझे ।
तर, राहदानीको अवधी र समाप्त अवधिमा त्रुटी देखिएपछि गुनासो गर्दा शुक्रबार १० बजे राहदानी एडमिनिस्ट्रेसन सेक्सनमा सम्पर्क भनियो, सोही अनुसार मिगिनका आमाछोरी शुक्रबार १० बजे नै त्यहाँ पुगेर गुनासो गरे, गुनासो उपर सम्वोधन पनि भयो, नयाँ राहदानीका लागि बायोमेट्रीक पनि भयो ।
तर, दिनभर साँझसम्म राहदानी विभागमै उनीहरुको समय बित्यो, तर भोली पल्टलाई डाकियो, त्यस दिन राहदानी दिन नसक्ने बताएर साँझ अवेर उनीहरुलाई घर फर्काइयो । आफूहरुको भोलीको फ्लाईट हो भन्ने टिकट देखाएर गरेको गुनासो समेत राहदानी विभागका कसैले सुन्दिएन ।
फेरि भोली पल्ट १० बजे राहदानी विभागमा पुगेका उनीहरुलाई साँझ मात्र राहदानी बन्ने बताइँदा झण्डै मिगिनका आमाछोरी नै तनावले त्यहीँ ढलेनन् । किनकी, ३ बजे त उनीहरु विमानस्थल पुगिसक्नु पथ्र्याे ।
विदेश जानु पर्दा १ २ दिन त किनमेल, समान जोडजाड देखि तयारीमै अलमलीनु पर्नेमा राहदानीको तनाव बोकेर हप्ता दिन गुजार्नु पर्दाको पिडा मिगिन र उनकी आमालाई मात्रै थाहा होला, हचुवाको ढंगमा पिसावको न्यानोमा रमाउने हाम्रा मन्त्री ज्यूलाई के थाहा ? नत्र, आफ्ना कर्मचारीको त्रुटीले सेवाग्राहीले तनाव भोग्नु परेको सन्दर्भमा दिने सार्वजनिक टिप्पणी त्यस्तै हुन्छ त ?
अझै, सोही पोस्टमा एक जना विवेक विवेक नामको छद्म नामधारीले गरेको कमेन्ट झन् लाज लाग्दो छ । त्यस्तो कमेन्टको त किन टिप्पणी गर्नु पर्यो र ? कमेन्टले त्यो छद्म नामधारी विभागकै कर्मचारी हो भन्ने जनाउँछ ।
चौतर्फी हल्लीखल्ली मच्चिएपछि २ : ३० मा राहदानी उपलब्ध गराइने बताएर अहिले जानूस्, घरबाट विदा भएर यता आउनुस्, राहदानी लिएर यतैबाट विमानस्थल जानुहोला, भन्न कुन मुखले सकेका होलान् राहदानी विभागका कर्मचारीले ?
काठमाडौं ट्राफिक जाम, राहदानी २ ३० मै पाउने के हो ग्यारेन्टी ? जवकी अघिल्लो दिनदेखि त्यही राहदानीको प्रतिक्षामा दिनभरी साँझसम्म राहदानी विभागमै दिन कटाएका छन् मिगिनका आमाछोरीले ।
भोली पल्ट पनि १० बजेदेखि १२ १५ सम्म त्यतै उतै हारगुहार गरिरहेको अवस्था छ । ६ बजेको फ्लाईट ५ बजे विमानस्थलको वोडिङ दिने काउन्टर बन्द भैसक्छ, त्रिपु्रेश्वरदेखि विमानस्थल जाने सडक अत्याधिक ट्राफिक प्रेसर सडक हो । केही गरी विमान चढ्न नपाएर टिकट रद्द हुने अवस्था आएको भए, त्यसको जिम्मेवारी कसले लिन्थ्यो ?
मन्त्री ज्यू, तपाईंको नियतमाथि प्रश्न गरेको होइन, तपाईंले नेतृत्व गर्नु भएको राहदानी विभागमा भइरहेको लापरवाहीको एउटा सप्रमाण उदाहरण मात्रै पेश गरीएको हो यो ।
हो, अहिले यतीबेला कोरियामा रोजगारीका लागि आवेदन खुल्दै गर्दा राहदानी बनाउनेको भिड छ, तर भिड छ भन्दैमा ३ दिने सुविधा अन्तर्गतको राहदानी प्राप्त गर्न हप्ता दिन कुर्नु पर्ने, अनी आफ्नो विदेश जाने टिकट देखाएर पनि विभागकै लापरवाहीले राहदानीमा भएको त्रुटी उपर सच्चाउन तत्काल पहल नभइदिनु, विभागबाट भए गरेको गल्ती कमजोरी मन्त्रीजीलाई जानकारी गराउँदा क्याल्कुलेटर थिचेर हिसाव जोडघटाउ गरेजस्तो यतीबेला राहदानी बुझ्यो, यतीबेलाको फ्लाईट रैछ, गन्तब्यमा जान प्रशस्त समय छ तपाईंलाई यस्तो जवाफ लेख्न कत्ती पनि लज्जाबोध भएन ?
तपाईं यो मन्त्रीमण्डलमा तेस्रो वरियातमा रहेको वरिष्ठ मन्त्रीबाट त्यस्तो जवाफको अपेक्षा सेवाग्राहीले कसरी पचाउने होला ? राष्ट्रिय स्वतन्त्र होइन, राष्ट्रका लागि स्वतन्त्र बन्नुस् मन्त्री ज्यू ।
मन्त्री ज्यू, एघार वर्षिया ति मिगिनको वालमानसपटलमा आफू र आफ्नी आमाले पछिल्लो दुई दिनमा भोग्नु परेको तनाव र सास्तीलाई कस्तो 'मेमोरी' सञ्चय गरेर लगेकी होलीन् ?
