बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १७ आइतबार |
काठमाडौं, १७ साउन : बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने धादिङ ज्वालामुखी गाउँपालिका-३ घर भएका ३३ वर्षीय अन्जन भट्टलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत चितवनबाट पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका-७ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ ।
