Monday 3rd of August | २०८३ श्रावण १८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुनकोशीमा कार खस्यो, तीन जना बेपत्ता : गोताखोरसहित सशस्त्र प्रहरीको टोली परिचालन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १८ सोमबार |
newsabhiyan

सिन्धुली,  १८ साउन ।  सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा कार दुर्घटना हुँदा तीन जना बेपत्ता भएका छन्। दुर्घटनापछि सुनकोशी नदीमा खसेको कारको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालले गोताखोरसहितको टोली परिचालन गरेको छ।

साउन १८ गते भएको दुर्घटनामा खोटाङबाट काठमाडौं आउँदै गरेको कारलाई काठमाडौंंँबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ख ०१४४ नम्बरको बसले ठक्कर दिएको थियो। बसको ठक्करपछि कार सडकबाट करिब ३० मिटर तल सुनकोशी नदीमा खसेको बताइएको छ।

कार दुर्घटनाको जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस खुर्कोटबाट सशस्त्र प्रहरी निरीक्षक निरेन्द्र गुरुङको कमाण्डमा गोताखोरसहितको उद्धार टोली परिचालन गरिएको छ। खोजी तथा उद्धार कार्यमा नेपाल प्रहरीको टोलीसमेत खटिएको छ।

दुर्घटनामा परेको कारमा सवार सिन्धुपाल्चोकका दिलकुमार लामा, सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ का २८ वर्षीय गणेश थापा तथा ठेगाना नखुलेका अर्का एक जना गरी तीन जना बेपत्ता भएका छन्।

यसैबीच, दुर्घटनामा संलग्न बसका चालकलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। बेपत्ता व्यक्तिहरूको खोजी कार्य सुनकोशी नदीमा जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan